Ad Area

धार्मिक महायज्ञको तयारी पुरा,भव्य कार्यक्रमविच उद्घाटन गरिने


दाङ,२७ असोज । दाङको प्रसिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको स्वागतद्धार तथा अन्य भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालन हुन थालेको धार्मिक महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । अम्किश्वरी मन्दिरमा असोजको २८ गतेदेखि कार्तिक ६ गतेसम्म सञ्चालन हुने ‘श्रीमद वाल्मीकि राम कथा नवाह महायज्ञ एवं शृङ्गारिक गङ्गा आरती–२०८०’ को तयारी पुरा भएको हो ।

महायज्ञका लागि मन्दिर परिसरमा सरसफाई तथा स्टेज निर्माणलगायतका सम्पूर्ण कार्य सकिएको महायज्ञ मुल आयोजक समितिका संयोजक कुमुद पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार महायज्ञमा अतिथि सत्कारका लागि फुलमाला तथा १०८ कलश सिङ्गारिएको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षता एवं अनुगमन तथा मुल्यांकन उपसमितिका संयोजक घोराही उपमहानगरपालिकाका अध्यक्ष भरतमणी अर्यालको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले महायज्ञको उद्घाटनसत्रको ¥यालीलाई भब्य बनाउने निर्णय गरेको छ ।

त्यसका लागि भोली आइतवार विहान १० बजे मन्दिर परिसरमा जम्मा भइ घोराहीको शंखे पिपाल–रझेना स्कुल–गणेश मन्दिर– बैंक रोड–दामोदर चोक–न्यूरोड–तुलसीपुर चोक–मेनरोड स्वर्गद्वारी एफएम हुँदै ट्राफिक चोकबाट मितेरीचोक–महदेवासम्म भव्य कलस तथा शोभा यात्रा गर्ने निर्णय गरेको छ । महायज्ञको उद्घाटन पन्चकन्याबाट गरिने मुल आयोजक समितिले जनाएको छ । महायज्ञको प्रमुख बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad