Ad Area

हाप्किडाे लुम्बिनी प्रदेशस्तरीय लिडरसिप, प्रशिक्षक तथा रेफ्रि‌‌ सेमिनार हुने


दाङ,६ कार्तिक। लुम्बिनी प्रदेशस्तरीय हाप्किडाे लिडरसिप, प्रशिक्षक तथा रेफ्रि‌‌ सेमिनार-२०८० हुने भएको छ ।

खेलाडीको नेतृत्व तथा क्षमता विकासका लागि लुम्बिनी प्रदेश हाप्किडाे संघको आयोजनामा लम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउपालिकाम प्रदेशस्तीय हाप्किडाे लिडरसिप, प्रशिक्षक तथा रेफ्रि‌‌ सेमिनार-२०८० हुन थालेको हो ।

सेमिनार यहि कार्तिकको ११, १२, १३, १४ र १५ गतेसम्म हुने भएको लुम्बिनी प्रदेश हाप्किडाे संघका अध्यक्ष टेकराज केसीले जानकारी दिएका छन।

सेमिनारमा संघका केन्द्रीय प्रमुख प्रशिक्षक प्रविन‌‌ गुरुङले प्रशिक्षण दिने भएका छन्। सेमिनारमा प्रदेशका १२ वटै जिल्लाका प्रशिक्षकहरुको सहभागीता रहने आयोजक लुम्बिनी प्रदेश हाप्किडाे संघले जनाएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा हाप्किडाे संघमा आवद्व २० हजार बढी खेलाडीहरु रहेका छन्।

Blog Post Ad Blog Post Ad