Ad Area

मावि सौडियारको बृहत्तर बिकासका लागि महायज्ञ गर्ने 


दाङ,१७ कार्तिक । घोराही उपमहानगरपालिका-७ सौडियारकै पुरानो सामुदायिक बिद्यालय मावि सौडियारको बृहत्तर बिकासका लागि महायज्ञ आयोजना गर्ने तयारी गरेको छ ।

 

शुक्रबार बिद्यालयमा बसेको बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभाबक संघ र बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको संयुक्त बैठकले महायज्ञका लागि समुदायका अगुवा, टाेलबासीसंग समन्वय तथा छलफल गरेर उपयुक्त समयमा मिति तोक्ने निर्णय गरेको बिद्यालयका शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवर बद्रीले जानकारी दिएका छन् । उनले महायज्ञको तयारिको बारेमा यहि आउदो अन्तिम शनिबार बस्ने टाेलको बैठकमा बृहत तरिकाले छलफल गरेर टुङ्ग्याइने अध्यक्ष कुवरले बताए ।

बिद्यालयको समग्र हितका लागि आयोजना हुने महायज्ञमा शिक्षकहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । आजको बैठकमा बिद्यालयको शैक्षिक गुणस्तरलाई ध्यानमा दिदै रणनीति र कार्यनीति बनाउन शिक्षकहरुलाई जिम्मा दिदै आगामी बिब्यस बैठकमा पेश गर्ने निर्णय गरेको बिब्यस सदस्य जिउधन चौधरीले बताए ।

यसैगरेर बैठकले शिक्षक अभिभाबक संघमा शिक्षकहरुबाट प्रतिनिधिकोरुपमा बिद्यालयका शिक्षक बिकास चौधरीलाई पठाउने निर्णय गरेको छ ।  बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकमा बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले महायज्ञको तयारीसहित बिद्यालयको समग्र शैक्षिक सुधारका लागि गर्न सकिने प्रयासका बारेमा जानकारी दिएका थिए ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad