Ad Area

फूल बिकेनन्, व्यवसायी मर्कामा


दाङ, ३ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिँगौरा निवासी पुष्प व्यवसायी लोकेन्द्र रोका मगरलाई यस वर्ष तिहारमा फूल खेतीबाट घाटा व्यहोर्नु प¥यो । तिहारलाई लक्षित गरेर गरिएको फूल खेतीले उनलाई यसपाली ५ लाख रुपैयाँ घाटा लगाइदियो । उनले खेती गरेको फूल बिक्री भएन । घोराही उपमहानगपालिका वडा नं १३ डुम्मरगाउँमा व्यावसायिक फूल खेती गरेकी इन्द्रा बुढा मगरले तिहारमा मात्रै फूल खेतीबाट २ लाख रुपैयाँ घाटा व्यहोरिन् ।

उनीहरू मात्र होइन, जिल्लामा व्यावसायिक रूपमा फूल खेती गर्ने धेरै कृषकले घाटा व्यहोरेका छन् । फूल खेती गरेका कृषकले अटो, मोटरसाइकलमा राखेर बजारका चोक–चोक र गाउँ–गाउँसम्म फूल तथा माला पु¥याएका थिए तर पनि बिक्री हुन नसकेको उनीहरूले बताएका छन् ।

जिल्लामा फूल उत्पादन बढेको र सरकारले बाहिरबाट फूल आयात गर्न दिएका कारण फूल बिक्री नभएर घाटा लागेको फूल खेती गर्ने कृषक बताउँछन् । राज्यले स्वदेशी कृषकलाई प्रोत्साहन गर्नु पर्ने भए पनि त्यस प्रकारको काम गर्न नसकेको कृषक बताउँछन् ।

अघिल्ला वर्षमा जिल्लामा मात्र नभइ जिल्ला बाहिरबाट समेत फूलको माग हुने गरेको थियो तर यस वर्ष जिल्ला बाहिरबाट फूलको माग नभएको कृषकको भनाइ छ । फूल खेती गरेर घाटा व्यहोरेपछि धेरै केषकले फूल खेती गर्न छाड्ने तयारी समेत गरेका छन् । लगानी समेत नउठ्ने भएपछि फूल खेती छोड्न बाध्य भएको उनीहरूको भनाइ छ ।

‘तिहारमा चोक–चोकमा फूल–माला बिक्रीका लागि पु¥याउँदा पनि एउटा माला ५० रुपैयाँमा पनि बिक्री भएन’, लोकेन्द्रले भने । राज्यका कारण नै किसान मारमा पर्ने गरेको उनको भनाइ छ । सरकारले बाहिरबाट फूल आयात गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूल बिक्री नभएको उनले बताए । ‘भारतबाट फूल आयात हुँदा जिल्लाबाट पनि बाहिर जाने फूल जान सकेन, जिल्लामा फूल उत्पादन बढ्यो यसैले बिक्री नहुने समस्या भएको हो’, लोकेन्द्रले भने ।

स्थानीय सरकारबाट समेत आफूहरूले सहयोग नपाएको उनी बताउँछन् । फूल खेतीबाट घाटा लागेपछि खेती गर्दा लागेको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा उनी छन् । यस वर्ष उनले २ बिगाह जग्गा भाडामा लिएर फूल खेती गरेको बताए । जग्गा भाडामा मात्रै वर्षको एक लाख रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । उनले विगत ११ वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका छन् ।

Blog Post Ad

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकाले जिल्लामा दसैँ–तिहारलगायतका पर्व एवम् अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूल खेती सुरु गरेका थिए । ‘दाङमा व्यावसायिक रूपमा फूल खेती कतै थिएन, काठमाडौंतिर भने फूल खेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, त्यसपछि यहाँ मैले सुरु गरेको हुँ’, लोकेन्द्रले भने । लोकेन्द्रले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बिउ ल्याएर व्यावसायिक खेती गर्न सुरु गरेका थिए ।

घोराही बजार नजिकै फूल खेती गरेपछि पहिले आफूलाई बजारको कुनै समस्या नभएको उनको भनाइ छ । अघिल्ला वर्षमा आफूले उत्पादन गरेको पूूmल धेरै जिल्लामा खपत हुने गरेको उनले बताए । जिल्लाका घोराही, तुलसीपुर, लमही र भालुवाङ बजारबाट समेत फूलको माग धेरै आउने गरेको थियो । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेका छन् ।

‘जिल्लामा सधैँ फूलको माग हुने भएकाले बाहै्रमहिना फूल उत्पादन गर्न थालेको हँु’, लोकेन्द्रले भने । बर्सात र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनले बताए । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री समेत गर्दै आएका छन् । आफूसँगै परिवार तथा अन्यलाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ छ । ‘व्यावसायिक रूपमा समय लगाएर काम गर्ने हो भने राम्रो सम्भावना छ’, लोकेन्द्रले भने ।

घोराही १३ डुम्मरगाउँमा व्यावसायिक फूल खेती गर्दै आएकी इन्द ्राले पनि तिहारमा फूल बिक्री नभएपछि निःशुल्क दिँदा समेत कसैले नलगेको बताइन् । ‘तिहारका लागि उत्पादन गरिएको फूल खेर फाल्नुभन्दा पैसा नलिएर लैजानु भन्दा पनि लैजानु भएन’m इन्द्राले भनिन्, ‘तिहारमा फूल बिक्री नभएपछि २ लाख घाटा लागेको छ ।’ उनले तिहारको समयमा करिब एक लाखको फूल र माला बिक्री गरेको बताइन् ।

जिल्लामा फूल खेती गर्नेको सङ्ख्या बढेसँगै उत्पादन बढेको र जिल्ला बाहिर फूल नगएकाले यस प्रकारको समस्या भएको उनको भनाइ छ । ‘मैले घाटा खानु परे पनि उपभोक्ताले सस्तोमा फूल तथा माला पाउनुभएको छ, यसमा खुसी छु’, इन्द्राले भनिन् । नेपाल पछिल्लो समयमा फूलमा आत्मनिर्भर भएको उनको भनाइ छ ।

बाहिरबाट फूल आयात गर्नु पर्ने अवस्था छैन तर बाहिरबाट फूल आयात गर्दा नेपाली कृषकले समस्या भोग्नु परेको छ । उनले तिहारका लागि मात्र नभइ बाह्रैमहिना फूल खेती गर्ने गरेकी छिन् । उनले विगत ११ वर्षदेखि फूल खेती गदै आएकी छिन् । यस वर्ष उनले १२ कट्ठा जग्गामा फूल खेती गरेको उनको भनाइ छ ।

त्यसो त स्थानीय उत्पादन प्रोत्साहन गर्न आग्रह गरेर स्थानीय सरकारले प्लास्टिकको मालामा प्रतिबन्ध लगाएका थिए । बजारमा अनुगमन गरेर प्लास्टिकका माला समेत नियन्त्रणमा लिएका थिए । उनीहरूले स्थानीय स्तरमा उत्पादन भएका फूल प्रयोग गर्न आग्रह गरेका थिए तर कृषकले उत्पादन गरेको फूलको ग्यारेन्टी भने गर्न सकेनन् ।

औपचारिक रूपमा मात्रै प्रोत्साहन गर्न खोजेको देखियो । घोराही उपमहानगरपालिकाले औपचारिकता पनि पूरा गरेको देखिएन् । बरू दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थानीय कृषकको सम्र्पक नम्बर सहित स्थानीय फूलको प्रयोग गर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो ।

Blog Post Ad Blog Post Ad