Ad Area

प्यूठानमा आमाछोरा मृत फेला


प्यूठान,२ मंसिर । प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराइरहेका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापामगरले जानकारी दिएका छन । घटनाको अनुसन्धान भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख थापामगर नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

 

Blog Post Ad Blog Post Ad