Ad Area

स्वास्थ्य सेवा दिन परिवार नियोजन दाङको टोली जाजरकोटमा


घोराही, १० मंसीर । एकीकृत स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न नेपाल परिवार नियोजन संघ दाङ शाखाको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाको टोली भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा आगामी ३ महिना सो क्षेत्रमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने गरी पुगेको हो ।

दाङबाट ९ जना स्वास्थ्यकर्मीसहित गएको टोलीले विशेष गरी त्यहाँका स्थानिय पालिकासँग समन्वय गरी स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्ने गर्ने योजनाका साथ पुगेको परिवार नियोजन दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।


भूकम्प प्रभावित क्षेत्रका लक्षित समुदायलाई ४८ पटक शिविर आयोजना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने गरी  दाङबाट  स्वास्थ्यकर्मीको टोली सो क्षेत्रमा पुगेको उहाँले बताउनुभयो । आईपीपीएफ स्प्रीन्टको विपत व्यवस्थापन परियोजनाको सहयोगमा परिवार नियोजन संघको स्वास्थ्यकर्मीसहितको टोलीले सेवा प्रदान गर्न शिविर निर्माण गरी भोलीबाट काम थाल्ने भएको छ ।

संघले विशेष गरी पहिलो प्राथमिकता अति प्रभावित क्षेत्रलाई दिने र पछि कम प्रभावित क्षेत्रमा पुगेर सेवा दिने उहाँले बताउनुभयो । भूकम्पबाट मानसिक रुपमा समेत असर गर्ने हुँदा किशोर र किशोरीहरुका लागि मनोपरामर्श, चिसो कारण गर्भवती महिला र बालबालिकालाई बिशेष स्वासथ्य सेवा र पराममर्शको काम गरिने उहाँले बताउनुभयो ।

स्थानीय स्वयमसेवक परिचालन गरी स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने तथा गर्भवति महिला र अपाङ्गता भएकालाई तथा शिविरसम्म आउन नसक्ने अवस्था भएकालार्ई  घरमै पुगेर पनि स्वास्थ्य सेवा दिने गरी सो क्षेत्रमा पुगेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad