Ad Area

ट्याक्टरबाट खसेर दाङमा युवकको मृत्यु


दाङ,६ मंसिर । दाङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय लोकबहादुर वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बेलुकी लु ४ त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घर फर्कंदै गरेका वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।