Ad Area

बबई नदीमा ६ हजार माछाका भुरा


दाङ, ६ मंसिर ।
दाङको बबई नदिमा माछाका भुरा छोडिएको छ । नदीको पर्यावरणीय सन्तुलन कायम राख्न भुरा छोडिएको हो । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले विश्व मत्स्य दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका ५ धर्ना सिसहनिया स्थित बबई नदिमा माछाका भुरा छोडिएको छ ।

रहुु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदिमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको डा. केसीको भनाई छ ।

नदीको जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादबको भनाई छ ।

नदीमा माछाका भुरा छोडेरमात्र माछा नबढ्ने भन्दै उहाँले जथाभावी उत्खनन्, उद्योगबाट निस्कने रसायनिक पदार्थ, फोहोर मैला, विद्युतीय करेन्ट लगायतबाट पनि खोलालाई जोगाउनु पर्ने बताए । खोलामा विषादी हाल्ने र प्रदुषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवहरूमा परेको समेत उनको भनाई छ ।

विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दाङ जिल्ला मत्स्य व्यवसायी संघका अध्यक्ष विबेक श्रेष्ठले दाङमा माछा पालन फष्टाउदै गएको बताए ।

माछा पालनलाई व्यवसायीक बनाउने तर्फ मात्रै भन्दा खोला नदिको पर्यावरणीय अबस्थालाई सन्तुलनमा राख्न आबस्यक रहेको उल्लेख गरे । माछाको महत्वका बारेमा मत्स्य विकास अधिकृत महेन्द्र यादबले प्रकाश पार्नुभएको थियो भने सहजिकरण केन्द्रका प्राविधिक खड्गबहादुर केसीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad