Ad Area

राप्ती राजमार्ग दैनिक ८ घण्टा अवरुद्ध हुने


दाङ,८ मंसिर । । राप्ती राजमार्ग अन्र्तगत दाङ–सल्यान सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । उक्त सडक मंसिर ७ गतेदेखि २१ गते सम्म दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना प्रकाशित गर्दै दाङ सल्यान सडक खण्ड अन्तरगत राम्री चोरखोला सडक स्तरोन्नति गर्नु पर्ने भएकाले १५ दिनसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जनाएको छ । सडक जीर्ण बन्दै गएपछि अहिले एतरोन्नती हुन थालेको हो ।

Blog Post Ad Blog Post Ad