Ad Area

नेपाली कांंग्रेस दाङ क्षेत्र नं २ (१) को दोस्रो सम्मेलन


घोराही, १७ चैत । नेपाली कांंग्रेस दाङ क्षेत्र नं २ (१) को दोस्रो सम्मेलनको शनिवार घोराहमिा सम्पन्न भएको छ ।

नेपाली कांंग्रेस दाङ क्षेत्र नं २ (१) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आतिथ्यता एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापती तथा लुम्बिन िप्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल, नेपाली कांग्रेस दाङका जिल्ला सभापती शंकरप्रसाद डाँगी र निवर्तमान राष्ट्रियसभा सदस्य अनिता देवकोटाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कांग्रेसलाई एकतावद्ध एवं संगठित रुपमा अघि बढाउनका लागि नेतादेखि कार्यकर्तासम्म सवै लाग्नुपर्ने बताएका थिए ।

जनताका समस्याहरु सम्वोधन गर्दै अघि बढ्न सके जनताले विश्वास गर्ने भन्दै सहभागी बक्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र पार्टीका लागि लाग्नुपर्ने बताएका थिए । दोश्रो जिल्ला सम्मेलनमा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापती बीरकेश्वरी गौतम, महासमिति सदस्यहरु भुपबहादुर डाँगी, गोमा रावत, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत,नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का क्षेत्रीय उपसभापती लक्ष्मणकुमार बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए । सम्मेलनमा सचिव मायाकुमारी पोख्रेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नारायण भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेशसभाअन्तर्गत विभिन्न क्षेत्रबाट सहभागीहरुले दोश्रो सत्रमा छलफलसहित आगामी योजनाहरुका बारेमा सुझाव व्यक्त गरेका थिए । सम्मेलनमा प्रदेशसभाअन्तर्गतका सम्पूर्ण पालिका, वडाका सभापतिलगायत शुभेच्छुक संघसस्थाका प्रतिनिधिलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।