Ad Area

राप्ती प्रतिष्ठानमा उत्कृष्ठ जेष्ठ नागरिक सेवा


दाङ,२६ चैत । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ठ रहेको जेष्ठ नागरिक सेवा थप प्रभावकारी वन्दै गएको छ । जेष्ठ नागरिकलाई लक्षित गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको छ ।

जेष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको ब्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउदै लगेको छ । कडेल हाल प्रतिष्ठानको कामु निर्देशकको जिम्मेवारीमा पनि हुनुहुन्छ । प्रतिष्ठानमा जेष्ठ नागरिक ओपिडिसहित १२ वेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो । लम्सालले जेष्ठ नागरिकको उपचारमा टेवा पुर्याउने उद्देश्यले हाल प्रतिष्ठानमा टोकन सिष्टम सुरुवात गरिएको बताउनुभएको छ ।

फार्मेसीमा जेष्ठ नागरिकलाई औषधि लिनका छुट्टै व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा ६० वर्षदेखि ६९ वर्षसम्मका ५ हजार ८३ जना महिला र ४ हजार ३४ जना पुरुष जेष्ठ नागरिकले ओपिडी सेवा लिनुभएको छ । त्यसैगरी ७० वर्षभन्दा माथिका ५ हजार १६ जना महिला र ४ हजार ६ सय ८९ पुरुषले ओपिडी सेवा प्राप्त गरेका छन् ।

त्यस्तै ६० वर्षभन्दा माथिका ५ हजार ४ सय २८ जना जेष्ठ नागरिक उपचारका लागी भर्ना भएर सेवा लिएका छन् । जसअनुसार ओसिएमसी ७ जना, सर्जरी सेवा १ हजार २३ जना, प्रसुति सेवा २ हजार ७ सय ३४ जना, अर्थोपेडिक सेवा ५ सय ६५ जना, दन्त सेवा १ जना, नाक, कान घाटी रोग विशेषज्ञ सेवा १ सय ५४ जना, युरोलोजि सेवा ७८ जना, मानसिक रोग विशेषज्ञ सेवा ५३ जना, अन्य सेवा १ जना, मेडिसिनको सेवा ७ सय ४० जना, वाल रोग विशेषज्ञ सेवा ३२ जना, एमडिजिपि ३४ जना, आँखा रोग विशेषज्ञ सेवा ६ जना भर्ना भई उपचार सेवा लिएका छन् ।

यसैगरेर ६० वर्षभन्दा माथिका ६३ हजार ८ सय ४० जना जेष्ठ नागरिकले ओपिडीवाट विशेषज्ञ सेवा पाएका छन् । जसअनुसार ओसिएमसी सेवा २८ जना, अर्थोपेडिक सेवा ८ हजार ३ सय ८३ जना, छाला रोग विशेषज्ञ सेवा ३ सय ८४ जना, नाक, कान घाटी रोग विशेषज्ञ सेवा ३ हजार ५ सय ५४ जना, प्रसुति सेवा ४ सय २९ जना, मानसीक रोग विशेषज्ञ सेवा १ हजार ३ सय २२ जना, रेडियोलोजी सेवा ८४ जना, दन्त सेवा १ हजार ४ सय ९३ जना, आँखा रोग विशेषज्ञ सेवा ५ हजार ३ सय ३९ जना, जेनरल सर्जरी सेवा ४ हजार ४ सय १६ जना, संस्थागत क्लिनीक १ जना, अन्य सेवा अन्तरगत ६ सय ३५ जना, युरोलोजी सेवा १ हजार ८ सय २७ जना, अन्य विभागीय सेवा ६ जना, मेडिसीन तथा जेष्ठ नागरीक ओपिडी वार्डवाट २१ हजार ५ सय ४ जना, वालरोग विशेषज्ञ सेवा ३ हजार ६ सय ३५ जना, फिजियोथेरापी सेवा ७ जना, दन्त सेवा फलोअप १ जना, इमरजेन्सी सेवा ९ हजार १ सय ६३ जना र एमडिजीपि सेवातर्फ १ हजार ६ सय २९ जनाले ओपिडी सेवा लिएका छन् । यो सेवाग्राहीको संख्या साउनदेखि फागुन मसान्तसम्मको हो ।

यसैविच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा सञ्चालित जेष्ठ नागरिक वार्डलाई थप सुविधा सम्पन्न बनाउने गरी आवश्यक प्रकृया सुरु गरेको छ । प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले मन्त्रालयले जेष्ठ नागरिकको विशिष्कृत अस्पतालको रुपमा सुचिकृत हुने प्रक्रिया सुरु गरिएकाले निकट भविष्यमा यो कार्यले पनि सफलता पाउने बताउनुभयो ।
जेष्ठ नागरिकलाई लक्षित गर्दै ‘जेष्ठ नागरीक फेलोसीप’

Blog Post Ad

त्यस्तै प्रतिष्ठानले जेष्ठ नागरिक विधामा फेलोसीप कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जेष्ठ नागरिकहरुको उपचारमा थप संवेदनशिल हुँदै अस्पतालले पाठ्यक्रम नै बनाएर जेष्ठ नागरिक फेलोसीप कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । एमडी गरिसकेका चिकित्सकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याईएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad