Ad Area

मावि हापुर रतनपुरलाई नेपाल बैंक द्वारा ८० हजार बरावरको सामाग्री प्रदान


डिल्ली थापा

नेपाल बैंक लिमिटेड शाखा कार्यालय घोराही दाङले माध्यमिक विद्यालय हापुर रतनपुरलाई भौतिक सामाग्री प्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित विद्यालयलाई ८० हजार बरावरको ५ वटा दराज दिएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्रगत शुक्रवार विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी बैंकका घोराही शाखा प्रवन्धक केशव सुवेदीले विद्यालयका प्र.अ. भरतमणि पोख्रेललाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक कर्मचारी, विद्यालय ब्यवस्थापन समिति र अभिभावकको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad