Ad Area

प्रतिष्ठानबाट नौ महिनामा ३४ हजार बढीलाई बिमा स्वास्थ्य सेवा


घोराही, २९ वैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वितेको नौ महिनामा ३४ हजार बढीले बिमा सेवा लिएका छन् । स्वास्थ्य सेवा विमा कार्यक्रमअन्तर्गत गतबर्षको साउन महिनादेखि चैत महिनासम्म प्रतिष्ठानबाट ३४ हजार चार सय ४३ जनाले सेवा लिनुभएको छ ।

स्वास्थ्य विमा कार्यक्रममार्फत गत साउन महिनामा ४ हजार ४६ जना, भदौमा ४ हजार १ सय ४७ जना, असोजमा ४ हजार ४ सय २४ जना, कार्तिकमा २ हजार ८ सय ८० जना, मंंसिरमा ३ हजार ९ सय ५२ जनाले प्रतिष्ठानबाट सेवा लिनुभएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्राईले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी भट्राईका अनुसार पुसमा ४ हजार ९० जना, माघमा ३ हजार १ सय ९२ जना, फागुनमा ३ हजार ८ सय १३ जना र चैतमा ३ हजार ८ सय ९९ जनाले विमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिनुभएको छ ।आर्थिक रुपमा विपन्न गरिव परिवारलाई उपचारमा सहयोग पु¥याउने उद्देश्य अनुसार सरकारले सुरु गरेको कार्यक्रममार्फत धेरै नागरिकलाई उपचारमा सहजता भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले बताउनुभएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार लम्सालले भन्नुभयो,‘स्वास्थ्य कार्यक्रमले आर्थिक रुपमा विपन्न परिवारलाई उपचारका लागि ठुलो सहयोग पुगेको छ ।’
प्रतिष्ठानले सेवा दिइरहेपनि विमा वोर्डले बिमा कार्यक्रममार्फतको रकम समयमै भुक्तानी नपाउँदा सेवालाई थप प्रभावकारी बनाउन समस्या भएको रजिष्ट्रार लम्सालले बताउनुभएको छ । उहाँका अनुसार प्रतिष्ठानले विमा कार्यक्रममार्फत ७ करोड ९८ लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको छ । विमा कार्यक्रमको करोडौ रकम भुक्तानी नहुँदा प्रतिष्ठानको उपचार सेवामा व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।

जेठ १ गतेदेखि आजको जातै बिरामीको बिमाको रकम दावी गरि सक्नुपर्ने प्रावधान भएकाले सोही अनुसारको तयारीका लागि प्रतिषठानले काम गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बिमा कार्यक्रमकी फोकल पर्सन दुर्गा श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार यसअघि विमावाट ओपिडि सेवा लिन आउने विराीहरुले एक हप्तासम्म आफ्ना कागजात बुझाउन सक्ने प्राब्धान भएपनि अव विरामीले ओपिडि सेवा लिएको दिन नै विमाको रकम दावी गर्ने भएकाले आफ्ना कागजात पनि सोही दिन नै विमा काउन्टरमा बुझाउनुपर्ने भएको बताउनुभयो । विमावाट इमरजेन्सीमा उपचार गर्न आएका विरामीको हकमा विरामी डिष्चार्ज हुने बेला कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad