Ad Area

घोराही–१० पहेलपारमा दुई महिलाको हत्या


घोराही,२९ वैशाख । दाङमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिवार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो ।

हत्या हुनेमा घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० बर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आउनुभएकी अन्दाजी ४४ बर्षीया संगीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक केसीका अनुसार मृतक बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरि हत्या भएको छ । प्रहरीका अनुसार मृतक बुढाको टाउकोमा पछाडी दुई ठाउँ र सुनारको टाउको एक ठाउँ चोट लागेको छ । प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घट्नास्थलमा पुगेर घट्नाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । घट्ना बारेमा थप अनुसन्धान भइरहेको र अझै   घट्नाको कारण खुल्न नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभएको छ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad