Ad Area

दाङमा यस बर्ष चार लाख बढी बिरुवा रोपिने


घोराही, १६ असार । दाङमा हरियाली प्रवद्र्धनसँगै भू–क्षय नियन्त्रणका लागि चार लाख बढी बिरुवा रोपिन थालिएको छ । डिभिजन वन कार्यालय घोराही र लमहीअन्तर्गत यस बर्ष जिल्लाका विभिन्न सामुदायिक वन, निजी वन, नदी उकास क्षेत्रलगायतका विभिन्न क्षेत्रमा चार लाख ६० हजार विरुवा रोप्न थालिएको हो ।

सामुदायिक वन समुहमा हरियाली प्रवद्र्धनसँगै बातावरण संरक्षण, भू–क्षय नियन्त्रण र काठ उत्पादनका लागि डिभिजन वन कार्यालय घोराहीअन्तर्गत दुई लाख ७० हजार र डिभिजन वन कार्यालय लमहीअन्तर्गत एक लाख ९० हजार बिरुवा रोप्ने तयारी गरिएको छ । वन समुहको खाली जग्गामा वृक्षारोपन गरेर हरियाली प्रवद्र्धनसँगै बाढी बातावरण संरक्षणका लागि बिरुवा रोप्न थालिएको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराही, अम्वापुर र पुरन्धरामा रहेका नर्सरीहरुमा विरुवा तयार रहेका छन् ।

वन क्षेत्रमा हरियाली प्रवद्र्धन गर्दै उपभोक्ताका लागि आम्दानीसँग जोड्नका लागि काठ प्रजातिसँगै विभिन्न जडिबुटी बिरुवाहरु विरुवा रोप्न थालिएको प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय प्रमुख श्रेष्ठले जिल्लामा पहाडी क्षेत्रका रुपमा रहेका बंगलाचुली गाउँपालिकासँगै घोराहीको वडा नं. १९ मा टिमुर, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को छिल्लीकोटमा मालागेडीलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

वनजन्य विरुवासँगै जडिबुटीजन्य विरुवालाई प्राथमिकता दिएर बिरुवा उत्पादन गरेको भन्दै डिभिजन वन कार्यालय घोराहीका प्रमुख श्रेष्ठले भन्नुभयो,‘वनलाई आम्दानीसँग जोड्दै विकास गर्नका लागि एक हजार बढी विरुवा टिमुर र मालागेडी रोप्ने तयारी छ ।’ नर्सरीमा हुर्काइएका बिरुवा निःशुल्क वितरण गरिने छ ।

नर्सरीमा अर्जुन, टिमुर, मालागेडी, अमला, जामुन, तेजपात, कपुर, शीतलचिनी,मसलालगायतका उत्पादन भएको जानकारी दिनुभएको छ । उत्पादन भएका बिरुवाहरु रोप्नका लागि जिल्लाका विभिन्न सामुदायिक, निजी, धार्मिक वन समुहसँगै सर्वसाधारणले माग गरेको बताउनुभयो । उपभोक्ताको माग आएका ठाउँको निरिक्षण गर्ने र रोपिएका विरुवाहरु हुर्काउने र संरक्षण गर्ने ग्यारेन्टी गरेर मात्र विरुवा दिने गरेको डिभिजन वन अधिकृत श्रेष्ठ बताउँनुहुन्छ ।

डिभिजन वन कार्यालय लमहीअन्तर्गत रहेका विभिन्न सामुदायिक वन क्षेत्रसँगै निजी नर्सरी र नदी तथा खोला उकास क्षेत्रमा बृक्षारोपणका लागि नयाँ एक लाख बीस हजार र पुराना ७० हजार बिरुवार रहेको डिभिजन वन कार्यालय लमहीका वन अधिकृत रामगोपाल यादव बताउँनुहुन्छ । वनअधिकृत यादवका अनुसार बृक्षारोपणका लागि अहिलेसम्म करिव एक लाख विभिन्न प्रजातिका बिरुवाको माग आइसकेको बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad