Ad Area

कारको ठक्करबाट दुई जना घाईते


घोराही, १५ असार । कारले अटो रिक्सा र मोटर साईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही १४ झिँगौरामा शनिबार राति करिव ९ बजेतिर कारले ठक्कर दिँदा अटो रिक्सा चालक र मोटरसाईकल चालक घाईते भएका छन् ।


घोराहीबाट नारायणपुरतर्फ गईरहेको प्रदेश ३- ०१-०२३ च ७३८२ नम्बरको कारले विपरीत दिशाबाट आईरहेको रा १ ह ५७७३ नम्बरको अटोरिक्सा त्यसपछि रा ३ प ३६४६ नम्बरको मोटर साईकललाई ठक्कर दिएको हो ।
दुर्घटना भए लगत्तै स्थानीय, नेपाल प्रहरीले उद्धार गरि घाईतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन् । घाईतेहरुको पहिचान खुल्न बाँकी छ ।

ठक्कर दिए लगत्तै कार चालक फरार भएकाले उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । तीव्र गतिमा रहेको कारले विपरीत दिशामा गएर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कारमा मादक पदार्थ र गिलास पनि भेटिएकाले चालकले मादक पदार्थ सेवन गरेर कार चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Blog Post Ad Blog Post Ad