Ad Area

दाङमा ५६ प्रतिशत घरपरिवार धाराको खानेपानीको पहुँचमा


घोराही, १७ असार । दाङ जिल्लामा ५६ प्रतिशत घरपरिवार धाराको पानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको संख्या ३५ प्रतिशत रहेपनि अहिले यो संख्या बढेर ५६ प्रतिशत अर्थात ८३ हजार पाँच सय ९० घरपरिवार पाइपलाइन प्रविधिमा जोडिएका हुन ।

२०७८ सालको जनसंख्या अनुसार जिल्लामा एक लाख ४९ हजार दुई सय ६८ घर परिवार रहेका छन् । जसमध्ये ४४ प्रतिशत अर्थात ६५ हजार ६ सय ७८ घर परिवार अहिले पनि ट्युवेल, कुवा, जरुवालगायतका श्रोतबाट पानी खाने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभएको छ । यस अवधिमा चार दर्जन बढी खानेपानी योजनाहरु निर्माण भएका छन् ।

प्रदेश सरकार स्थापना भएको ७ वर्षको अबधिमा खानेपानीका योजनाको संख्या बढेसँगै पाइपलाइन प्रणालीका माध्यमबाट घरघरमा धारा पुगेका हुन । चालु आर्थिक वर्षमा १२÷१३ खानेपानी योजनाहरु निर्माणको अन्तिम चरणमा रहेकाले चालु आर्थिक वर्षको अन्त्यसम्म धाराको पानी खाने घरपरिवार संख्या ६५ प्रतिशत पुग्ने कार्यालय प्रमुख न्यौपाने बताउँनुहुन्छ । जिल्लामा प्रदेश संरचना स्थापना भएसँगै एक सयका हराहारीमा रहेका खानेपानीका योजनाहरु बढेर तीन सय बढी पुगेका छन् ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार जिल्लामा चालु आर्थिक वर्ष खानेपानीका साना ठुला गरेर तीन सय ३० वटा योजनाहरु रहेका छन् । यी योजना निर्माणका लागि ३७ करोड ३६ लाख रुपैयाँ बजेट रहेको छ । खानेपानीका योजना बढेपनि बजेट नबढ्दा योजना कार्यान्वयनमा समस्या भएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो,‘जिल्लामा पछिल्ला बर्षहरुमा खानेपानी योजनाहरु बढेका छन् । तर संख्या अनुसार बजेट नबढ्दा कार्यान्वनमा समस्या भएको छ ।’ उहाँका अनुसार जिल्लामा कममा पाँच हजार रुपियाँका खानेपानी योजनादेखि एक करोड रुपियाँसम्म बजेट भएका योजनाहरु रहेका छन् । जस्ले गर्दा जिल्लामा ८ वर्ष पुराना योजनाहरु अहिले पनि निर्माणकै क्रममा रहेको बताउनुहुन्छ ।

त्यसैगरी संघबाट प्रदेशमा हस्तान्तरण भएको ७६ वटा योजनाकालागी संघबाट आउने बजेट निकै कम हुँदा निर्माण सम्पन्न नहुँदै बिग्रन थालेको कार्यालय प्रमुख न्यौपाने बताउँनुहुन्छ । उहाँका अनुसार संघले आफै सञ्चालन गरेका योजनाकालागी ठुलो बजेट दिने गरेपनि प्रदेशलाई हस्तान्तरण गरिएका योजनालाई कम बजेट बिनियोजन गर्ने गरेको छ । ठुलो योजना बनाएर एउटै आयोजनाबाट धेरै घरधुरीलाई खानेपानी पु¥याउनुको सहृा टोलै पिच्छे फरफरक योजना हुँदा कार्यान्वयन समस्यासँगै बजेट समेत खर्च हुने गरेको कार्यालय प्रमुख न्यौपाने बताउँनुहुन्छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad