Ad Area

लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा वृक्षरोपण


निरला अर्याल
दाङ, १७ असार । लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर ९ मा रहेको अमृतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

वातावरणीय सन्तुलन बिग्रिन नदिन तथा स्वच्छ वातावरणमा बनाउने उदेश्यल उक्त परिसरमा वृक्षरोपण गरिएको हो । मानब र वृक्षबीचको सम्बन्ध प्रगाढ रहेको र एक बिना अधुरो रहने भएकाले विरुवा रोपेको क्लबका अध्यक्ष दीपक केसीले बताउनुभयो।

विभिन्न प्रजातिका बिरुवाहरु सितलचिनी, जामुना, मसला, बकाइनो, चिउरी, विजयसाल, टीक, जामुना, धुपी लगायत ४ दर्जन बढी बिरुवाहरू रोपिएको छ ।

रोपिएको बिरुवाहरुलाई संरक्षण गर्न क्लवले निरन्तरता दिने सचिव प्रकाश भुसालले बताउनुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख सुशील काफ्ले, बन डिभिजन कार्यालयका तुलसीराम काफ्लेलगायतकाले वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याउने बताउनुभयो।

ठाउ उपल्बध बनाइ दिनुहुने, अमृतपुर खानेपानीलाई क्लवले विशेष धन्यबाद दिएको छ । क्लवले वातावरण, स्वास्थ्य, प्राकृतिक प्रकोप, राहत उद्धार तथा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आईरहेको संस्थाका उपाध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad