Ad Area

घोराहीमा प्लाष्टिकजन्य बस्तु न्यूनीकरण गर्ने प्रतिवद्धता


घोराही, १९ असार । घोराही उपमहानगरपालिकाभित्र संचालित र अब स्थापना हुने उद्यमलाई वातावरणमैत्री उद्यमका रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।

सोसेक नेपालको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वय, आईएम नेपालको साझेदारी र मुक्त कमलरी विकास मञ्चको सहकार्यमा ग्रिन ईकोनोमी एक्स्लेरेटर परियोजना अन्तरगत घोराही उपमहानगरपालिकाभित्र हरित उद्यमको बजार सम्भाव्यतालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

विगतदेखि हुँदै आएको अभ्यासलाई रुपान्तरण गर्दै हरित उद्यमलाई वातावरण मैत्री योजनाका रुपमा अघि बढाउन सकेमा भोलिको भविष्य सुरक्षित गर्न सकिने आवश्यकता औँल्यार्ईएको छ । हरित उद्यमको बजार सम्भाव्यता अध्ययन प्रारम्भिक प्रतिवेदन माथि सरोकारवाालासँग अन्तरक्रिया तथा अन्तरक्रिया कार्यक्रम घोराही उपमहानगरपालिका र वडा कार्यालयमा प्लाष्टिकजन्य बस्तुको प्रयोग न्यूनीकरण गर्न जनप्रतिनिधि र कर्मचारीबाट शुरुवात गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।

उपप्रमुख हुमा डिसीले पर्यावरण संरक्षण र हरित उद्यमका विषयमा उठेको विषय सान्दर्भिक रहेको भन्दै पालिकाले विषयगत शाखामार्फत कोशिस गरिरहेको हुँदा जनप्रतिनिधि र कर्मचारीबाट प्लाष्टिकजन्य बस्तुको प्रयोग न्यूनीकरणको थालनी गरिने बताउनुभयो ।

पालिकाले प्लाष्टिकजन्य बस्तुको न्यूनीकरण गर्ने नीति लिएको उहाँको भनाई थियो । गल्ने र नगल्ने फोहोरको श्रोतबाट व्यवस्थापन गर्ने कामको थालनी हुँदै आएको बताउँदै हरित उपमहानगरको अवधारणालाई सार्थक बनाउने काममा अब ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।यसैगरी, पालिकाबाट प्रदान गरिने सीप, तालिम, बीउ, बिजन, बस्तुगत टेवा दिए पनि लक्षित समुदाय वा संस्थाले गरिरहेको कामको अनुगमन हुन नसक्दा समस्या हुने गरेको बताउनुभयो । अब कामको अध्ययन मुल्यांकन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

Blog Post Ad

सो अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेले काम गर्ने इच्छा शक्ति भए हरित उद्यमको अवधारणालाई सार्थक बनाउन सकिने बताउनुभयो ।

उद्यम प्रवर्द्धन शाखा प्रमुख ईश्वरराज पाण्डेय, सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनार, पशु शाखा प्रमुख खिमबहादुर बस्नेत, सहकारी शाखा प्रमुख प्रेम केसी, वातावरण तथा विपद व्यवस्थापन शाखाका मदन वली, मुक्त कमलरी विकास मञ्चकि केन्द्रीय अध्यक्ष हिरामोती चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीलगायतले स्वच्छ वातावरण बनाउन बनेको नीति नियमको उचित कार्यान्वयन नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा परामर्शदाता शशी पन्थीले प्रारम्भिक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै घोराहीमा हालसम्म उत्पादन सम्भाव्यता बारे आवश्यक तथ्यांक कुनै निकायमा नरहेको भन्दै अबका दिनमा पालिकाले व्यवस्थित र वैज्ञानिक रुपमा हरित उद्यमलाई स्थान दिन सकेको अवस्थामा यसबाट धेरै लाभ लिन सकिने बताउनुभयो ।

परामर्शदाता पन्थीले प्रारम्भिक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै घोराहीमा हालसम्म उत्पादन सम्भाव्यता बारे आवश्यक तथ्यांक कुनै निकायमा नरहेको भन्दै अबका दिनमा पालिकाले व्यवस्थित र वैज्ञानिक रुपमा हरित उद्यमलाई स्थान दिन सकेको अवस्थामा यसबाट धेरै लाभ लिन सकिने बताउनुभयो ।

उहाँका अनुसार, हरित उद्यम स्थानीय स्तर मै सहज रुपमा सञ्चालन गर्न सकिने, कच्चा पदार्थको सहज उपलब्धता हुने, न्युनतम पूँजी लगानीमा सञ्चालन गर्न सकिने, लगानीको तुलनामा अधिकतम प्रतिफल प्राप्त गर्न सकिने, उपभोक्ताको वृढ्दोे माग र न्युन जोखिम भएको उद्यमका रुपमा रहेको हुँदा यो आवश्यक रहेको छ ।

हरित उद्यमका रुपमा जडिबुटी जन्य वस्तुहरु सुगन्धित तेल, अदुवा, बेसार, टिमुर लगात बस्तुहरु, अर्गानिक तरकारी जन्य वस्तुहरु, च्याउ, दुध तथा दुग्ध जन्य उत्पादित वस्तुहरु, फलफुलहरु, मह, नर्सरी दुना टपरी, फर्निचर सामग्रीहरु, जडिबुटीजन्य उत्पादित वस्तुहरु, अचार, चामल, पिठो, चिया, कफि, होमस्टे, अक्वारियम, माछापालन, सौर्य उर्जा, जैविक उर्जा, कपडा तथा कागजबाट उत्पादित वातावरण मैत्री हाते झोलाहरु, फोहोर व्यवस्थापन तथा पुनः प्रयोगका लागि आवश्यक कार्यहरु स्थानीय स्तरमा गर्न सकिने अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

उहाँले हरित उद्यम सञ्चालन सुनिश्चितता तथा दिगोपनाका लागि हरित उद्यमको बारेका खुल्ला अभिमुखिकरण वृहत रुपमा गर्नुपर्ने र यसको प्रवद्र्धनका लागि स्थानीय सरकारको बलियो प्रतिवद्धता चाहिने बताउनुभयो ।

उत्पादित वस्तुहरुको विक्री सुनिश्चितता गर्र्न, स्थानीय संघ, संस्था तथा व्यावसायिक निकायसँगको साझेदारी तथा समुदायसँगको संलग्नता बढाउन, हरित प्रविधीको प्रयोग तथा प्रवद्र्धनका लागि विशेष योजना निर्माण गर्न तथा हरित उद्यम प्रवद्र्धन रणनीति बनाउन स्थानीय सरकारले भुमिका खेल्नुपर्ने परामर्शदाता पन्थीले बताउनुभयो ।

हरित उद्यम प्रवद्र्धनका लागि प्लाष्टिक झोला वन्देज गर्दै वातावरणमैत्री झोला प्रयोगलाई प्राथमिकता दिनुपर्ने, प्लाष्टिक प्लेट तथा गिलास वन्देज गर्नुपर्ने, हाल प्रयोगमा आइरहेको फाइवर झोलाको ठाउँमा बाँसको फाइवर अथवा कागजबाट निर्मित झोला प्रवद्र्धन गर्नुपर्ने, हरित उद्यम पकेट क्षेत्रको घोषणा तथा कार्यान्वयन गर्न वडादेखि पालिका स्तरसम्मको प्रयास सकारात्मक भएको अवथामा सम्भव रहेको उहाँको भनाई छ ।

हरित उद्यम सञ्चालन सुनिश्चितता तथा दिगोपनाका लागि स्थानीय तहमा हरित उद्यम प्रवद्र्धन नीति र बजार विकास तथा प्रवद्र्धन नीति ल्याउन उहाँको सुझाव रहेको छ । सोसेक नेपालका कार्यक्रम संयोजक द्रोर्ण जिसीले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजीकरण हीमा कुसुन्डाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad