Ad Area

कांग्रेस दाङको सचिवमा पहिलो पटक महिला बिजयी


दाङ,१२ मंसिर । नेपाली कांग्रेस दाङको सचिवमा अर्जुन योगी र बालिका लम्साल बिजयी भएका छन् । दाङ कांग्रेसले इतिहास मै पहिलो पटक महिला सचिब पदमा लम्साल (नेपाल) निर्वाचित भएकी हुन ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरर्गत शनिबार सम्पन्न निर्वाचनबाट लम्साल पहिलो पटक कांग्रेस दाङको सचिब पदमा निर्वाचित भएकी हुन ।
बालिकाले एक हजार पाँच मत प्राप्त गर्दै निर्वाचित भएकी हुन । सचिब पदमा चार जनाको बीचमा प्रतिस्पर्धा भएको थियो । तर, लम्साल मात्रै एक्ली महिला प्रतिस्पर्धी थिइन ।

बालिकाको साहशलाई मतदाताले उच्च सम्मान गर्दैै सचिवमा निर्वाचित गराएका हुन । त्यस्तै मदानबाट सचिब पदमा अर्जुन कुमार योगीले सबैभन्दा बढी १ हजार एक सय ५६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

सचिब पदका उनीहहरुका प्रतिस्पधिहरु कृष्णप्रसाद सुबेदीले ९३४ र सुर्यप्रकाश रानाले ९०५ मत प्राप्त गरेका थिए । यस्तै सहसचिवमा राजु आचार्य १०५४ र सुबोध कुमार डाँगी १०३१ मत प्राप्त गरि निर्वाचित भएका छन् । आचार्य तुलसीपुर २ का वडाध्यक्ष हुन भने डाँगी शिक्षक हुन । उनी नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष हुन ।

को हुन बालिका ?

नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी लम्साल स्व।खुमबहादुर खड्काको पालामा दाङबाट तरुण दलको केन्द्रीय प्रतिनिधि बनेकी थिइन ।

उनी १३र्औ महाधिवेशनबाट दाङ जिल्लाको सदस्यमा निर्वाचित भइकी हुन । यसअघि सम्पन्न १४औं वडा महाधिबेशनका क्रममा बालिका दाङ क्षेत्र न २ ९ख० बाट क्षेत्रीय प्रतिनिधिमा सर्बसम्मत रुपमा चयन भएकी थिइन ।

सचिव पदमा निर्वाचित भएपछि फरककोणलाई प्रक्रिया दिदै बालिकाले मतदाताले आफुलाई गरेको सम्मानलाई जहिले शिरोधार्य गर्ने र इमान्दारी पूर्वक निष्ठाको राजनीति गर्ने बताइन ।

‘ पार्टीभित्र म महिलाको पक्षमा सशक्त आवाज उठाउने छु,’ उनले,‘३३ प्रतिसत महिला सहभागितामा जोड दिने छु ।’ अन्तिम समयमा महिला दिदीबहिनीसंग टिमको हौसलाले गर्दा सचिव पदमा उम्मेदवारी दिएको स्मरण गर्दै उनले भविस्यमा पार्टीभित्र महिला मुद्दा थप सशक्त रुपमा उठाउने प्रण गरिन ।