Ad Area

यमुना स्मृति कप ईन्टर स्कुल फुटसल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
दाङ, ३ साउन । यमुना स्मृती कप अन्डर १० क्लास ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसीपुर ६ मा संचालन हुने प्रतियोगिता यहि साउन ११ गतेदेखि हुनेछ ।

२०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डाँगीको स्मृतिमा संचालन हुन थालेको प्रतियोगितामा जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत विद्यालय गरेर २० बढी टिमको सहभागिता रहनेछ । दुईदिनसम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता टिमले क्रमशः नगद ४० र २० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ्न् ।

त्यसैगरी ब्यक्तिगत बिधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेष्ट प्लेयर खेलाडीलाई नगद २५ सय,ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने हाई स्कोरर,बेष्ट किप्पर,र राईजिङ प्लेयरलाई क्रमशः जनही १५ १५ सय,ट्रफी,प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज डाँगीले जानकारी दिनु भएको छ । यसैबिच आयोजकले प्रतियोगिताको तयारी स्वरुप टिम दर्ता,प्रचारप्रसार,लगातको कार्यलाई तिव्र पारेको छ ।

Blog Post Ad Blog Post Ad