Ad Area

ट्रक समितिले गरिदियो व्यवसायीको दुर्घटना बिमा


घोराही, ४ साउन । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले व्यवसायीहरुकालागी दुर्घटना बिमा गरिदिएको छ । समितिले आफ्नो २८ औँ स्थापना दिवशको अवसरमा समितिमा आवद्ध व्यवसायीहरुको दुर्घटना बिमा गरिदिएको हो ।

बिमा कार्यान्वयनकालागी राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति र शिखर ईन्स्योरेन्सबिच सम्झौता भएको छ । समितिका अध्यक्ष उमेशचन्द्र मज्गैया र शिखर ईन्स्योरेन्स लुम्बिनी प्रदेशका क्षेत्रिय नायव प्रबन्धक रविकिरण केसीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

समितिमा आवद्ध सय बढी एक सय एक जना व्यवसायीहरुको स्वास्थ्य बिमा गरिएको समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाले जानकारी दिनुभयो । समितिले सामाजिक उत्तरदायित्व बहन गर्नकालागी व्यवसायीहरुको स्वास्थ्य बिमा गरिदिएको उहाँले बताउनुभयो ।

भविष्यमा आईपर्ने जोखिमबाट बच्नकालागी एवं आर्थिक क्षति न्यूनिकरणकालागी दुर्घटना बिमा गर्न आवश्यक भएको र सोही अवधारणामा ट्रक समितले दुर्घटना बिमा गरिएको शिखर ईन्स्योरेन्स लुम्बिनी प्रदेशका क्षेत्रीय नायव प्रबन्धक रविकिरण केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad