Ad Area

दाङ जिल्ला अदालतद्वारा ६५ प्रतिशत मुद्धा पछर्यौट


घोराही,४ साउन । दाङ जिल्ला अदालत घोराहीमा आर्थिक बर्ष २०८०⁄०८१ मा ६५.५८ प्रतिशत मुद्धा पछर्यौट भएका छन् । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्ताका पाँच हजार पाँच सय चार मुद्धामध्ये ६५.५८ प्रतिशत अर्थात तीन हजार छ सय दश मुद्धा फछर्यौट गरेको हो ।

दाङ जिल्ला अदालतले पत्रकार सम्मेलनको आयोजना गरेर २०८०⁄०८१ गरेको प्रगतिका बारेमा जानकारी दिएको हो । जिल्ला अदालतमा एक हजार आठ सय ९४ वटा मुद्धाहरु फछर्यौट हुन बाँकी रहेको श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभएको छ ।

जिल्ला अदालतमा आर्थिक बर्ष २०७९⁄०८० मा तीन हजार एक सय २४ मुद्धा फछर्यौट भएका थिए । त्यसबर्ष अदालतमा दर्ता भएका पाँच हजार एक सय ९१ मुद्धाहरुमध्ये दुई हजार ६७ मुद्धा फछर्यौट हुन सकेका थिएनन् । उहाँका अनुसार अव जिल्ला अदालतमा १८ महिना नाघेका कुनै पनि मुद्धाहरु छैनन् । फरक मुद्दा व्यवस्थापन पद्धति लागु भएसँगै दाङ जिल्ला अदालतले १८ महिनाभन्दा पुराना मुद्धा फछर्यौट गरेको हो ।

दाङ जिल्ला अदालतले नियमित शाखासँगै छुट्टै अभियान शाखा निर्माण गरेर मुद्दाको फछ्र्यौट गर्न सफल भएको श्रेष्तेद्धार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिम्मेवारी सरी आएका दुई सय ८३ र २०८१ असारसम्म १८ महिना नाघ्ने पाँच सय ३५ गरी कूल आठ सय १८ मुद्दा फछ्र्यौट भएका छन् ।

Blog Post Ad Blog Post Ad