Ad Area

दाङमा ट्रक र बस ठोक्किँदा १९ जना घाइते


दाङ, १६ साउन । दाङमा बस र ट्रक एकआपसमा ठोक्कीदा १९ जना घाइते भएका छन् ।

घोराही–तुलसीपुर सडकखण्डअन्तगर्त हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको ना ४ ख ३८४८ नम्बरको बस बुधवार विहान पौने ९ बजेतिर एक आपसमा ठोक्किदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा घाइतेहरु सवै बसका यात्रुहरु छन् । बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घट्नाका बारेमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad