Ad Area

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, अर्का बेपत्ता


घोराही, १९ साउन । दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएका मध्ये एक जनाको सव भेटिएको छ । जिल्लाको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता हुनुभएको थियो ।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर उपमहानगरपालिका–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता हुनुभएका दुईजनामध्ये तुलसीपुर ४ खाद्रे निवासी ५५ वर्षीया सीता आलेको सव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार करीव १२ किलोमिटर दक्षिततर्फ हरिपौरास्थीत खोलाको ढिकमा सव भेटिएको छ । सुर्खेत घरभई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का अझै बेपत्ता हुनुभएको छ । अटोमा सवार पाँच जनामध्ये प्रहरीले राती नै अटो चालक हरिकिसान विक, यात्रु सुनिता थापा र सुशान्त आलेलाई सकुशल उद्धार गरेको थियो ।

त्यसैगरी घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएको तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी नायव उपरीक्षक तिमल्सिेनाले जानकारी दिनुभएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।

Blog Post Ad Blog Post Ad