Ad Area

लम्पी स्किन पीडित किसानले पाएनन् राहत


घोराही, १३ भदौ । दाङमा अघिल्लो वर्ष लम्पी स्किनका कारण पशुपालक किसानले धेरै समस्या भोग्नु पर्यो । धेरै पशुचौपायामा संक्रमण देखिँदा सयौँ पशुचौपाया मरे । जसबाट करोडौँका क्षति भयो । कतिपय किसानका गोठ, खोर रित्तिए । ऋण लिएर गरेको व्यवसाय रोग लागेर पशुचौपाया मरेपछि नराम्ररी थला परे । थलिएका पशुपालक किसान अझै उठ्न सकेका छैनन् । केही तंग्रिने तरखर गरिरहेका छन ।

जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ८ मुसीनाकाका कर्णबहादुर घर्ती मगर, रामबहादुर थापाले पाल्नुभएका गाई गोरु गत वर्ष लम्पी स्किन रोगले थलिए । केही गाई गोरु रोगकै कारण मरे । गढवामा उहाँहरुको जस्तै गाईगोरु ३ हजार १४ गाई गोरु संक्रमित भए । संक्रमितमध्ये १ सय ७० वटा लम्पी स्किन रोगकै कारण मरे ।

राजपुर गाउँपालिकामा गत वर्ष सबैभन्दा धेरै पशुचौपाया लम्पी स्किनबाट संक्रमित भए । राजपुरका ७ वटै वडामा लम्पी स्किनबाट ९ हजार १ सय ८१ बढी पशुचौपाया संक्रमित भए । लम्पीकै कारण १ सय २२ वटा पशुचौपाया लम्पी स्किन रोग लागेर मरे । जिल्लाको बबई गाउँपालिकामा लम्पीकै कारण ६ सय ५० पशु चौपाया संक्रमित भए । जसमध्ये १ सय ५० वटा गाईगोरु त रोगकै कारण मरे ।

बंगलाचुली गाउँपालिका ७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नम्बर ८ पाँचपोखरीका तिलकराम घर्ती मगर, गोठीवनका गुमानसिंह घर्ती मगरलगायत पालिकाका किसानका ८ सय ३१ बढी गाईगोरु र भैसी लम्पी स्किनको संक्रमणबाट बिरामी परे । पालिकाभर ४० वटा पशुचौपायाको मृत्यु भयो ।

राप्ती गाउँपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का विभिन्न बस्तीहरुमा लम्पी स्किन रोगले पशु थलिए । राप्तीमा ८ सय ५७ बढी गाईगोरु बिरामी परे लम्पी स्किन रोगले संक्रमित भए । पालिकामा ४२ वटा गोरुगोरु रोग लागेरै मरे ।

घोराही उपमहानगरपालिकाका पशुपालक धेरै किसान लम्पी स्किन रोगका कारण धेरै मारमा परे । घोराहीमा पनि लम्पीका कारण ६ हजार ७८ पशुचौपाया संक्रमित भए । रोग लागेर ९९ गाईगोरुको मृत्यु भयो ।

Blog Post Ad

शान्तिनगर गाउँपालिकामा पनि ४ हजार ५ सय ३९ पशुचौपाया संक्रमित हुँदा ६३ वटा मरे । जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा ८ सय ९६ पशु चौपाया संक्रमित हुँदा ३५ वटा मरे । लमही नगरपालिकामा २ हजार १७ पशु चौपाया संक्रमित हुँदा २८ वटा मरे । दंगीशरण गाउँपालिकामा १ हजार १ सय ५१ पशु चौपाया लम्पी स्किनले संक्रमित हुँदा २७ वटा मरे ।

जिल्लामा यो वर्ष लम्पी स्किनको संक्रमण देखा परेको छैन । तर, गत वर्ष लम्पीकै कारण पशुपालक किसानले धेरै क्षति व्यहोरेका छन् । अघिल्लो वर्षको मंसिर ताकाबाट देखा परेको लम्पी स्किन संक्रमणको असर गत वर्षको असोजसम्म जिल्लाका सबै पालिकाका पशु चौपायमा फैलियो । यसबाट धेरै किसानका गोठ रित्तिए । यसबाट किसानले ठूलो व्यहोर्नु पर्यो ।

जिल्लाभरको अवस्था हेर्ने हो भने सबै पालिकामा २९ हजार २ सय १३ गाई गोरु, भैसीमा लम्पी स्किन संक्रमण भयो । लामो उपचारपछि पशुपालक किसानले बचाउन सफल भए । तर, ७ सय ७६ वटा पशु चौपाया मरे । यसबाट धेरै पशुपालक किसानको गोठ नै रित्तियो । लाखौँ रुपैयाँ खर्च गरेर पशुपालन गरेका किसानको गोठ रित्तिएपछि चिन्तामा परेका उनीहरुको सरकारले दिने क्षतिपूर्ति अझैसम्म पाउन सकेका छैनन् ।

जिल्लाभरका पशुपालक किसानले जुन क्षति व्यहोरे त्यसको क्षतिपूर्ति वापत सरकारले राहत रकम दिने घोषणा गरेपनि अझै पाउन सकेका छैनन् । जसले गर्दा रित्तिएका गोठमा फेरी पशुपालन गरेर पेशामा फर्किने आँट कतिपय किसानले गर्न सकेका छैनन् ।

जिल्लाभरको दश वटै पालिकाका किसानले पालेका पशुको लम्पी स्किनका कारण मृत्यु भएपछि तथ्यांक संकलन गरेर भेरेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रदेशसँगै केन्द्र सरकारमा राहतका लागि सिफारिस गरेको थियो । सरकारले पनि प्रति पशु बराबर २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

तर, आजका दिनसम्म जिल्लाका कुनै पनि किसानले लम्पी स्किन रोगका कारण मृत्यु भएका पशुचौपायाको क्षतिपूर्ति पाउन सकेका छैनन् । जसले गर्दा आम पशुपालक किसान निरास बनेका छन् । जिल्लामा ७ सय ७६ वटा पशुचौपाया मरेको यकिन भएको छ । जसवापत प्रति पशुचौपायाको २० हजारका दरले १ करोड ५५ लाख २० हजार रुपैयाँ पाएका छैनन् । जसले गर्दा पशुपालन व्यवसाय पुनर्उत्थानको प्रयास पनि हुन नसकेको किसानको दुखेसो छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्णकुमार न्यौपानेका अनुसार, भेटेरिनरी अस्पतालका तर्फबाट आवश्यक सिफारिस भईसके पनि माथिबाट रकम नआउँदा पीडित किसानलाई राहत दिन नसकिएको बताउनुहुन्छ । क्षति व्यहोरेको लामो समय बितिसक्दा पनि सरकारले क्षतिपूर्ति नदिएपछि अब राहत पाउने आशा मरेको किसानहरुको भनाई छ ।

Blog Post Ad Blog Post Ad