Ad Area

खुल्ला ८ए साइड फुटबल प्रतियोगितामा हापुर च्याम्पियन


दाङ,१६ भदौ। दाङको नारायणपुरमा भएको खुल्ला ८ ए साइड फुटबल प्रतियोगितामा हापुर युथ क्लव च्याम्पियन भएको छ ।

साहारा फुटबल क्लव नारायणपुरको आयोजनामा नारायणपुरमा भएको खुल्ला ८ए साइड फुटबल प्रतियोगिताको फाइनल खेलमा गाउले फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै हापुर च्याम्पियन हुन सफल भएको हो ।

घोराही उपमहानगरपालिका-१२ मा रहेको विजेता क्लवले नगद १८ हजारसहित मेडल, ट्रफी र प्रमाण प्राप्त गरेका छन् । त्यसैगरी उपविजेता टिमले नगद ६ हजारसहित मेडल, ट्रफी र प्रमाण प्राप्त गरेका छन् । भदौ १४ गतेदेखि १६ गतेसम्म प्रतियोगितामा भएको थियो।

Blog Post Ad Blog Post Ad