Ad Area

नारायणपुरमा प्रथम सुनिल पुन स्मृति फुटबल प्रतियोगिता हुने


घोराही, २२ भदौ । दाङको नारायणपुरमा प्रथम स्वर्गीय सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० मा रहेको न्यू स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लव झारबैराको व्यवस्थापनमा फुटबल प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिता आउने असोजको ३ गतेदेखि नारायणपुरस्थीत बिपी बाटिका खेल मैदानमा हुने भएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार एक सय ११ रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक न्यू स्टार फुटबल एकेडेमी नारायणपुरका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताको उपबिजेता टिमले नगद ३१ हजार एक सय ११ रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगितामा विद्यागततर्फ बेष्ट प्लेयरलाई नगद तीन हजार र इमरर्जिन प्लेयर, बेष्ट फरवार्ड, वेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर र बेष्ट गोलकिपरलाई नगद दुई हजारसहित पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा सहभागिताका लागि असोजको १ गते साँझ ४ बजेसम्म टिम दर्ता गराईसक्न समेत आयोजक न्यू स्टार फुटबल एकेडेमीले सम्पूर्णमा अनुरोध गरेको छ । टिम दर्ताका लागि शुल्क पाँच हजार रुपैयाँ राखिएको छ ।

प्रतियोगिताका खेलहरु फिफाको नियममा नकाआउट सिस्टमका आधारमा खेलाइने जनाएको छ । स्वर्गीय सुनिल पुन आयोजक न्यू स्टार फुटबल एकेडेमीका पूर्व खेलाडी हुन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad