Ad Area

लुम्बिनीका प्रदेश सांसद केसी जेल चलान


रुकुम पूर्व, २३ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् ।

संसद केसीले अदालतमा आत्मर्पन गरेरपछि सजाय भुक्तानका लागि आइतबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवं प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिएका छन् । ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतको फैसल्लापछि केसी फरार रहेर  सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका केसीले आइतवार आत्मसर्मपन गरेका हुन ।

केसी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । प्रहरीको फरार सुचीमा रहेको केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बिरोध हुँदै आएको थियो । तर सत्ता र सक्तिको आडमा पक्राउ परेका थिएनन् ।

Blog Post Ad Blog Post Ad