Ad Area

नेसंविद्वारा समस्या समाधानका लागि वार्तामा आउन आव्हान


बेलझुण्डी,२६ भदौ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार र संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनका लागि सवै पक्षसँग आग्रह गरेका छन् । उपकुलपति प्रा डा खतिवडाले बुधवार सुचना प्रकाशित गर्दै विगत तीन महिनादेखि आन्दोलतरत विद्यार्थी संघसंगठनहरु तथा आंशिक शिक्षकहरुको आन्दोलनका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक कामहरु पूर्ण रुपमा प्रभावित भएको भन्दै वार्तामा सहभागी भएर समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई आव्हान गरेका हुन ।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय तथा अन्य निकायहरुमा गरिएको तालाबन्दीका कारण आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक व्यवस्थापन सम्वन्धी कामहरु पूर्ण रुपमा प्रभावित भइरहेको भन्दै यसले देशकै सम्पतीका रुपमा रहेको विश्वव्द्यिालयको शैक्षिक तथा आर्थिक पक्षमा ठुलो असर गर्ने काम भइरहेको बताए । विद्यार्थी तथा आंशिक्ष शिक्षकका शैक्षिक मागहरुप्रति विश्वविद्यालय अत्यन्त संवेदनशील रहेको भन्दै उपकुलपति खतिवडाले विश्वव्द्यिालयको आर्थिक क्षमताअनरुप माग सम्वोधनका लागि प्रतिवद्ध रहेको समेत बताए ।

आन्दोलनरत विद्यार्थी र शिक्षकहरुलाई समस्या दीर्घकालिन रुपमा समस्या समाधानका लागि वार्तामा आउन आव्हान गर्दै नेपाल संस्कृत विश्वविद्यालयको एक मात्र केन्द्रीय आयुर्वेद विद्यापीठमा विगत बाह्र बर्षदेखि सञ्चालनमा रहेका आयुर्वेद स्नातक(बिएएमएस) तहको शिक्षण, परीक्षा र मुल्याङकन तथा प्रायोगिक पक्षमा भइरहेका समस्याहरु समाधानका लागि विद्यार्थी, अध्ययन सस्था र विद्यापीठ परिवारसँग आवश्यक विमर्शसहित सकारात्मक पहलका लागि अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् ।

तालाबन्दीका कारण दाङ देउखुरीलगायतका ठाउँमा अव्यवस्थीत भएर रहेका सयौ विगाह जग्गाको उचित व्इवस्थापनका लागि नेपाल सरकारबाट गठन भएको उच्चस्तरीय जग्गा व्यवस्थापन समितिले यथासमयमा आफ्नो काम पुरा गर्न,जग्गा सम्वन्धी विश्वविद्यालयस्तरीय अभिलेखको अध्ययन गर्न नपाएको र सो समितिको निर्धारित समय अत्यन्त कम भएकाले जग्गा व्यवस्थापकिय कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

संस्कृत विश्वविद्यालय दाङ जिल्ला र लुम्बिनी प्रदेशको मात्र नभएर देशकै परिचय बनेको सांस्कृतिक, धार्मिक,स्वास्थ्यगत र बाङ्मयिक आदर्शको धरोहर रहेको भन्दै यसको गरिमालाई बचाइ राख्नका लागि संस्कृतप्रेमी,शिक्षाप्रेमी, राजनीति दल, नागरिक समाज, विद्यार्थी,प्राध्यापक,जग्गादातालगायत सवैलाई आग्रह गरेका छन् ।

संस्कृत भाषासँग सम्बन्धित पौर्वात्य ज्ञानविज्ञान सम्वद्ध भाषा,साहित्य,वेद,दर्शन,पुराण,धर्मशास्त्र, ज्योतिषजस्ता डेढ दर्जन बढी शास्त्रीय विषय संस्कृत,,नेपाली अंग्रेजी, हिन्दी र मैथली भाषाका साथै विषयगतरुपमा साहित्इ, अर्थशास्त्र,गणित,राजनीतिक शास्त्र तथा शिक्षाशास्त्र, आयुर्वेद, प्रशिक्षणात्मक योग जस्ता जीवनदायप् प्रायोगिक विषयमा शिक्षण÷अनुसन्धान गरिरहेको छ । आगामी शैक्षिक बर्षदेखि योगविज्ञानमा स्नातकोत्तर तथा बास्तुशास्त्र, विधिशास्त्रलगायत विषयमा पठनपाठन सुरु गर्ने तयारीमा रहेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad