Ad Area

प्रथम कालितारा कप फुटबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
दाङ, २७ भदौ । पश्चिम दाङमा दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

कालितारा युवा क्लब बबई गाउँपालिका–७, को आयोजनामा तथा कालितारा माईला दाईको प्रायोजनमा कालितारा खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो असोज १८ गतेदेखि सुरु हुनेछ ।

फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उदेश्यका साथ बडा दशैका अवसरमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्रतियोगिताका प्रायोजक कालितारा माईला दाईले जानकारि जानकारी दिएका छन् ।

असोज २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार एक सय एकाउन्न रुपैयाँ कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमलाई नगद एकाउन्न हजार पाँच सय पच्पन्न रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।

जसअनुसार बेष्ट प्लेयर, हाई स्कोरर र बेष्ट किप्परलाई जनही नगद एक ÷ एक हजार,ट्रफी प्रमाणपत्र, त्यस्तै प्रत्येक म्याचको म्यान अफ म्याच लाई मेडल प्रदान गरिने आयोजकका समीर डाँगीले जानकारी दिएका छन् । असोज १७ गतेसम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागी हुने टिमका लागि टिम दर्ता शुल्क आठ हजार रुपैयाँ राखिएकोछ । यसैबिच प्रतियोगिताको तयारीलाई तिव्र पारिएको आयोजकले बताएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad