Ad Area

बुवाको किरिया बसे वली दिदीबहिनी


घोराही, २८ भदौ । बुवाको निधनपछि घोराही उपमहानगरपालिका वडा नम्बर १७ पनौराका दुई दिदीबहिनी किरिया बसेका छन् । पितृको मृत्युमा छोराले मात्रै किरिया बस्नुपर्छ भन्ने पुरातन मान्यतालाई चिर्दै दुई दिदीबहिनी आफ्नो बुवाको निधनपछि अहिले किरिया बसेर सन्तानको कर्तव्य पूरा गरिरहेका छन् ।

पितृसत्तात्मक सोँचमा परिवर्तन ल्याउन आकृति वली र स्मृति वलीले आफ्ना पिता नारायण वलीको काजकिरिया गर्न थालेको उक्त कदमको उच्च प्रशंसासहित सामाजिक रुपान्तरणका लागि महिला मञ्चले ऐक्यवद्धता प्रकट गरेको छ ।

बिहीबार आयोजित श्रद्धान्जली कार्यक्रममा बिगत ५ वर्षदेखि काम गर्दै आएको सस्थाले छोराछोरी बराबरीको कुरालाइ अगाडि बढाउने काम गरेको संस्थाकी अध्यक्ष सुशीला आचार्यले बताउनुभयो । छोराछोरी बराबरी र उनीहरूलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु जरुरी रहेको बताउनुभयो ।

मृतक वलीका मामा ससुरा टानबहादुर बन्जाडेले छोराछोरी बराबरी भएका कारण नानीले बुवाको किरिया आफै गर्ने भनेर अघि सरेपछि परिवारले पनि सहर्ष स्वीकार गरेर साथ दिएको बताउनुभयो ।

बुवाले आफुहरुलाइ सधैं छोरा सरह व्यवहार गरेर रेखदेर र हेरचाह गरेको स्मरण गर्दै आकृति वलीले आफ्नोे कर्तव्य पूरा गरिरहेको बताउनुभयो । नारायण वलीको भदौ २३ गते ४५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो ।

सो अवसरमा पत्रकार रञ्जिता अधिकारी, गोविन्द खडका, अधिवक्ता निर्मला सुवेदी लगायतले समाज परिवर्तनका संवाहकका रुपमा रहेका वली दिदीबहिनीहरूबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव बिमला केसीले गर्नुभएको थियोे ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad