Ad Area

विश्व पर्यटन दिवस घोराहीको सभागृहमा हुने


दाङ, १० असोज । घोराहीमा भोलि हुन थालेको लुम्बिनी प्रदेश स्तरीय बिश्व पर्यटन दिवसको कार्यक्रम घोराहीस्थित सभागृहमा हुने भएको छ । जिल्ला समन्वय समितिको प्रांगणमा तय भएको कार्यक्रम मौसम खराबीका कारण उद्योग बाणिज्य संघको सभागृहमा गर्न थालिएको सचिवालय व्यवस्थापन समिति संयोजक रमेशकुमार पाण्डेयले बताए ।

‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ भोलि विहान ११ बजेदेखि ४५ औं विश्व पर्यटन दिवस मनाउन थालिएको हो । लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय घोराही, दाङको आयोजनामा प्रदेश स्तरको कार्यक्रम घोराहीमा हुन थालेको हो ।

कार्यक्रम लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न हुँदैछ । कार्यक्रममा मुख्य आकर्षणका रुपमा लुम्बिनी प्रदेशका बिभिन्न पहिचान झल्किने लोक साँस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिने प्रचारप्रसार समिति संयोजक दुर्गालाल केसीले जानकारी दिए ।

यसैगरी बिभिन्न जातजातिका परम्परागत रैथाने खाना अर्थात लोक परिकार र हस्तकलाको प्रदर्शनी गरिदैछ । दाङका बिभिन्न जातिका मौलिक नृत्यका साथै पाल्पाको कौरा नाच पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको केसीले बताए । कार्यक्रम पूर्व बिभिन्न झाँकीसहित बजार परिक्रमा गरिनेछ । जसमा पञ्चेवाजा, चमारे बाजा, पञ्चकन्या, बटुुक, कलश यात्रा, अवधी, नेवारी, कुसुण्डा, क्षेत्री, ब्राह्मण र मुुस्लिम समाजका साथै बिभिन्न धार्मिक प्रतिष्ठानका झाँकीहरु समावेश गरिनेछ ।

कार्यक्रममा पाँच प्रकारका जातीय लोक परिकार प्रदर्शन गरिनेछ । जसमा थारु परिकार, मगर परिकार, नेवार परिकार, अवधी परिकार र मुुस्लिम परिकार समावेश छन् । यसैगरी सात प्रकारका हस्तकला प्रदर्शनी हुँदैछ । जसमा रेशाजन्य सामग्री (अल्लो आदि), काँसमुुजजन्य सामग्री (गोरीकला), ऊनजन्य सामग्री, काष्ठकला सम्बन्धी सामग्री (काठमा बुुट्टा कुुँद्ने, परम्परागत ठेकाठेकी आदि), मृतिका कला सम्बन्धी सामग्री, धातुुकला सम्बन्धी सामग्री (करुवा, खुुकुुरी, चुुलेसी) र चर्मकला सम्बन्धी सामग्री रहने छन् ।

यस्तै कार्यक्रमको आकर्षणका रुपमा १० प्रकारका जातीय लोक नृत्य तथा संगितहरु प्रस्तुती गर्ने कार्यक्रम छ । जसमा गन्र्धव समुुदायको सारंगी धुुन, थारु जातीको बड्का नाच, नुुवागाउँले सोरठी नाच, नेवार समुुदायको लाखे नाच, अवधि समुुदायको अवधि नाच, देउखुुरीको थारु जातिको कठघोरी नाच, थारुको सख्या नाच, पाल्पाको कौरा नाच, मगर समुदायको सरंगे (मयुुर) नाच र भूूम्या नाच प्रदर्शन हुनेछन् ।

Blog Post Ad

उत्कृष्ट झाँकी र नृत्यहरुलाई पुरस्कृत गर्ने कार्यक्रम छ । बाहिरी जिल्लाबाट आएका अतिथि र कलाकारहरुलाई यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि घोराहीका बराहक्षेत्र बाह्रकुुने दह, ज्यामिरे दह, लखनपार्क, अम्बिकेश्वरी मन्दिर, गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ, चेपे दह, रामपुुरको हनुुमान मन्दिर र पाण्डवेश्वर महादेव धामको भ्रमण गराउने कार्यक्रम रहेको मुल समारोह समिति सहसंयोजक एवं घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले बताइन् ।

Blog Post Ad Blog Post Ad