Ad Area

बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने


घोराही,१६ असोज। दाङको बंगलाचुली गाउँपालिकामा प्रथम खेतुलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

यही कार्तिक २ गतेदेखि गढिलेक खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा समाजसेवी विक्रम डाँगीले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक डाँगीले जानकारी दिए ।

उक्त प्रतियोगिता सहभागी हुनका लागि टिम दर्ता शुल्क ३ तिन हजार लाग्ने र कार्तिक १ गतेसम्म टिम दर्ता गरि सक्नु पर्ने आयोेजकले जनाएको छ ।
नेपाली काँग्रेसका सक्रिय सदस्य तथा बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व। खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो

Blog Post Ad Blog Post Ad