Ad Area

प्रतिष्ठानले दसै बिदामा पनि ओपिडी सेवा दिने


दाङ,२१ असोज । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडी सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दसैं बिदामा पनि ओपिडी सन्चालन गर्न थालेको जानकारी दिएका हुन ।

एमडिजिपी डा धीरज जैसवालमार्फत असोज २४ गतेदेखि २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उनले बताए । प्रतिष्ठानको कोठा नं.१५ मा डा जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन । जैसवालको फोन नं. ९८४१११५७५९ रहेको छ । बडा दसको विदाका दिनहरूमा समेत् प्रतिष्ठानको ःएमडिजिपी विशेषज्ञ चिकित्सकद्वारा इएचएस ओपिडी सञ्चालन गर्न थालेको छ ।

Blog Post Ad Blog Post Ad