Ad Area

वर्तमान सरकार लामो समय जादैन : उपमहासचिव चौधरी


दाङ, २१ असोज । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार लामो समयसम्म नजाने धारणा राखेका छन् ।

एकीकृत समाजवादी दाङको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका चौधरीेले भ्रष्टाचारी जोगाउन बनेको यो गठबन्धन अब छिट्टै भत्किने बताए । उनले प्राकृतिक विपत्तिको पूर्व सूचना पाउँदा पनि सरकार मुकदर्शक भएर बस्नु लज्जासप्रद भएको बताए ।

‘काठमाडौँभित्र त्यत्रो विपत्ति यो सरकार टुलुटुल हेरेर बस्यो, २४ घण्टासम्म जनताले उद्धार पाउन सकेनन्’, प्रमुख सचेतक चौधरीले भने, ‘उपत्यका बाहिरको स्थिति के होला, तपाईं आफैँ अनुमान गर्न सक्नुहुन्छ, त्यसकारण अब यो सरकार रहँदैन ।’

प्रतिनिधि सभा सदस्य चौधरीले आफूले गरेका ठुला-ठुला भ्रष्टाचार जोगाउन, जनताका समस्या समाधान गर्नतर्फ नभई मुलुकमा अस्थिरता रोक्न नसक्ने सरकारलाई जनताले समेत तिरस्कार गरिरहेको बताए ।

बैठकमा केन्द्रीय सदस्य जोगबहादुर राणा, अनारकाली मियाँ, ससमती चौधरी, चिरञ्जीवी बुढाथोकी, रामप्रसाद चौधरी, रामप्रसाद यादव, प्रेमबक्स मियाँ, गजेन्द्र बुढाथोकीलगायतले मन्तव्य राखेको एकीकृत समाजवादी दाङका उपसचिव एवम् प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad