Ad Area

कविता : उर्जामा बदलौं वासना


श्रीराम दहित
वासना सहजै दबाउन सकिदैन सत्य यही, हो
जानौं
कामनासंगै भावना पनि बदलौं सत्य भनाइ हो,मानौँ
जिब्रोमा फैलिएको साम्राज्य वासनालाई समय छदै बुझौं

स्वास्थसंगै सम्पुर्ण समृद्धि सर्बनास हुनेछ है,समय छदै बुझौं
मनुष्य विवेकशील बन्नलाई दुस्प्रवृत्ती आजैदेखि त्याग्नु छ ।

वासना कामनालाई श्रेष्ठतामा बदल्न अहिले नै श्रेष्ठ चिन्तन गर्नुछ ।
भावना बदल्न महामानव हरुको आचरण सधैं अङ्गालौं
जीवन सार्थक बनाउन शब्द संगै सधैं व्यावहारिक बनौं ।

व्यक्तिगत स्वार्थ हुनु स्वभाविक हो इन्द्रियको प्रभाव सधैं रहन्छ ।
शारीरिक स्वार्थको पछाडि दौडि रहँदा आत्मीक रूपमा ठेस पुग्दछ ।

भ्रान्तिको प्यासमा सारा प्राण शक्ति भए जति रित्तिन्छ ।
चाहनाको गोल चक्करमा पर्दा अपमानित भइ बस्नुपर्छ ।

मनुष्य पतन हुनुको कारण वासना हो जानी राखौं ।
वासना कामनामा बदल्नु छ अमृतवानी मानी राखौं ।

Blog Post Ad

ब्रह्माण्ड सृष्टि हुँदै गर्दा कण-कणमा थियो मायाजाल
सारबिहिन कर्म गरि जीवन बेकार अनावश्यक मायाजाल ।

चित्तवृत्ती निरोध गर्न जप,तप ,ध्यान अनि योग गरौँ ।
मानव मुक्तिको मुख्य मार्ग यही हो सबैले मनन् गरौँ ।

त्यागौं चलन नराम्रो आजै परिस्थितिलाई साक्षी राखौं
कुसंस्कार वासना कामना त्यागी प्रगतिशील बनि परिचय राखौं ।
पाप,पतन र पिडाबाट मुक्त हुँदै जन-जनलाई सधैं हँसाऔं ।
महामानवलाई गुरु रुप धारण गरि असल विचार फैलाऔं ।

नवसिर्जनको गतिविधि सहकार्यको अभियान चलाऔं ।
वासना कामनाको उर्जा भावमा बदल्न कुकर्म जति जलाऔं ।

Blog Post Ad Blog Post Ad