Ad Area

अपाङ्गता भएकाहरुलाई अनेकन समस्या


दाङ, १६ मंसिर । सरकारले स्कुलहरूमा शारीरिक अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आउजाउ गर्न ह्विलचियर गुड्ने बाटो बनाउनुपर्ने नीति अख्तियार गरेको धेरै बर्ष भयो । तर अझै विद्यालयहरू संरचनागत हिसाबले पूर्णतः अपांगमैत्री छैनन् । नयाँ निर्माण भएका कतिपय भवनमा ¥याम्प (ह्विलचियरमा हिँड्ने बाटो) बनाइने गरेको पाइए पनि शौचालयमा बेग्लै संरचना बनाइएका छैनन् । विद्यालयहरू मात्रै होइन, सेवाप्रदायक कार्यालयहरू, स्वास्थ्यसँग जोडिएका सघसंस्था आदि थुप्रै कार्यालय अझै अपांगमैत्री छैनन् ।

भएका ठाउँ पनि यो सेवा पर्याप्त छैनन् । जसले गर्दा फरक क्षमता भएका नागरिकको दैनिक जीवन प्रभावित छ । जसका कारण अपांगता भएकाहरुको दैनिकी कष्टकर रुपमा बित्ने गरेको छ । राप्ती गाउँपालिका वडा नं. ४ का दृष्टिविहीन मनिष चौधरी उमेरले ३५ वर्षका भए । लामो समयसम्म अरुको सहारामा दैनिकी चलाउँदै आएका उनले केही वर्षयता गाएर आफ्नो दैनिकी केही सहज बनाउने प्रयास थालेका थिए तर, कोरोनाको कहरले उहाँको त्यो यात्रामा विराम लगाइदियो । कोरोनाका कारण उनको दैनिकी कष्टकर भयो, त्यो बेलामा आफ्नो पेट पाल्न निकै दुख झेल्नु पर्यो ।

‘होटल होटल धाउँदै, सार्वजनिक स्थलमा बाँसुरी बजाएर गुजारा चल्थ्यो ।’ उनले भने ‘तर, धुन निकाल्ने समयमा बन्द कोठामा बाँधिएर बस्दा जीवन नै बाँधिए जस्तै भयो ।’ केही दिनअघि घोराहीमा भेटिनुभएका नरेश घर्तीको भनाइले पनि कसरी सर्वसाधारण दृष्टिविहीनलाई सहयोग गर्नबाट टाढिँदैछन् भन्ने प्रस्ट हुन्थ्यो । अपांगता भएकाहरुलाई हेर्ने नजर अझै सामाजिक रुपमा सहज बन्न नसकेको उनको दुःखेसो थियो । ‘अपवाद बाहेक धेरै जसोले हामी जस्ता अशक्तलाई सहयोग गर्नुपर्छ, उनीहरुको पनि जीवन छ भन्ने मनमा सोँच नराख्दा रहेछन्,’ उनले दुखका सुस्केरा हाल्दै भने ।

दृष्टिविहीन नरेश भन्छन्, ‘कहिले काँही सार्वजनिक ठाउँमा जाँदा, बाटो कता छ भन्ने ठम्याउन कठिन हुन्छ, बाटो काट्न खोज्दा त झनै समस्या हुन्छ । न यहाँका बाटाघाटा हामी जस्ताहरुको लागि भनेर बनाइएका छन् न त अरुले सघाउने चेष्टा गर्छन् ।’ उनले कति पटक त बाटो काट्दा लडेको अनुभव सुनाए । यो समस्या दाङसहित देशभरका दृष्टिविहीनको साझा समस्या हो । देशभर रहनुभएका लाखौँ दृष्टिविहीनको जीवन चलाउन निकै असहज अवस्था छ । अझ गाउँघरमा विद्यार्थीलाई पढ्ने ब्रेललिपि छैन, सञ्चारका साधन छैनन्,’ यो अवस्थामा उनीहलाई राज्यले सम्बोधन गर्न सकेको छैन । स्थानीय सरकारले अपांगतामैत्री वातावरण बनाउने उद्घोष त गर्छ तर व्यवहारिक कार्यान्वयनमा खुट्टा कमाउने गरेको बहिरा तिलक बस्नेतको भनाई छ ।

दाङका अधिकांश दृष्टिविहिनहरू बढ्नका लागि पर्याप्त पूर्वाधार नहुँदा आफ्नो भविष्य प्रति चिन्तित छन् । आफुहरुका लागि बेग्लै पूर्वाधार चाहिने भएपनि न पढ्ने ब्रेललिपि छ न इमेल÷इन्टरनेटलगायतका साधनको सहज पहुँच नै, कुनै पनि माध्यमबाट आफ्नो भविष्यका बारेमा राज्यले सम्बोधन गर्न नसक्नु विडम्बना भएको उनीहरुको दुखेसो छ । यो अवस्थामा घरका अभिभावकहरुको साथ सहयोग भरोसाले सबै भ्याउन सम्भव नहुने उनीहरु बताउँछन् ।

देशका नागरिक हामी पनि हौँ, सांगहरुको जस्तै सबै कुराको अधिकार हामीलाई पनि छ तर हामीलाई अर्कै ग्रहका व्यक्ति सरह ठान्ने गलत प्रवृत्तिले समस्यामाथि समस्या थप्ने काम भएको भावकहरुको साथ सहयोग भरोसाले सबै भ्याउन सम्भव नहुने उनीहरु बताउँछन् । देशका नागरिक हामी पनि हौँ, सांगहरुको जस्तै सबै कुराको अधिकार हामीलाई पनि छ तर हामीलाई अर्कै ग्रहका व्यक्ति सरह ठान्ने गलत प्रवृत्तिले समस्यामाथि समस्या थप्ने काम भएको छ, घोराही १४ मा बसोवास गर्ने बहिरा मुकेश सुनारको भनाई छ ।

Blog Post Ad

‘अब त खाल्डोमा खस्न लागे पनि समाइदिने हात नभेटिने अवस्था आउँछ की भन्ने जस्तो लाग्छ,’ अर्का दृष्टिविहिन नरेन्द्र थापाले भने, ‘हाम्रो यहाँ बनेका कुनै पनि सडक, पूर्वाधारहरु दृष्टिविहीनमैत्री छैनन्, जता क्रस गर्नुपरे पनि सहयोग लिनैपर्ने बाध्यता छ । त्यो बेला कति सकस हुन्छ हामीलाई मात्रै थाहा छ ।’ बोल्न÷सुन्न नसक्ने मौनता डाँगीले लेखेर प्रश्न गरिन्, ‘म सुन्न र बोल्न सक्दिनँ, अपांगलाई कही केही कामका लागि जानु पर्यो र सेवा लिनु पर्यौ भने कसले सहजीकरण गर्देला भन्ने हुन्छ, के हामी यो देशका नागरिक होईनौ र ?’

दृष्टिविहीनको मात्र होइन, बोल्न÷सुन्न नसक्नेको समस्या पनि झन् चर्को छ । अझ हिँडडूल गर्न नसक्ने अपांगता भएकाहरुको अवस्था झन भयावह छ । मेरुदण्डको पक्षघातका कारण ह्विलचियरमा जीवन बिताउन बाध्य भएकाहरुको अवस्था भनि साध्य छैन । उनीहरुलाई खानपिनमात्र हैन, दिसापिसाब गर्नसमेत समस्या हुने गरेको अपांगका क्षेत्रमा काम गर्दै आएकाहरुको अनुभव छ ।

उनीहरुका लागि चाहिने सहायक सामग्रीको अभावमा दैनिक जीवन कष्टकर बन्ने गरेको देखिने गरेको छ । त्यस्ता विरामीहरुका लागि चाहिने युरिन ब्याग, फोलिस क्याथेटर, सिआइसी पाइप, जेल्ली, गोवल्स, सिरिन्ज, डिस्टिल वाटर, डाइपरजस्ता सामग्री अत्यावश्यक हुन् तर यो समस्याका बारेमा स्थानीय सरकारले कम्तिमा सम्बोधन गर्न अग्रसर हुनुपर्ने अधिकारकर्मीहरुको भनाई छ । जिल्लामा करीव १२ हजार जना अपांगता रहेको तथ्यांक छ । यो सबै पूर्ण रुपमा अपांग भएकाहरुको आँकडा नभएपनि अरुको सहारामा जीवन बिताउनु पर्नेहरुका लागि राज्य गम्भीर बन्नै पर्ने अवस्था रहेको नागरिकहरुको साझा आवाज छ ।

अपांगता भएकाहरुको जीवनलाई नजिकबाट नियालि रहेका र उनीहरुको जीवनलाई केही हदसम्म सहजीकरण गरिरहेका जिल्लास्थित संघसंस्थाहरुका अनुसार भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवासुविधा, ह्विलचियर र वैशाखी प्रयोगकर्ता, दृष्टिविहीन, बौद्धिक अपांगता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाइनु पर्ने अवस्था अत्यन्तै देखा परेको छ । स्थानीय सरकारले केही गछर भने जस्तो गरेपनि खुलेर साग दिन नसक्दा यस क्षेत्रमा रहेका अपांगताहरुको अवस्था दयनीय हुने हो की भन्ने चिन्ता बढेको अपांग अधिकारकर्मीहरु बताउँछन् ।

 

Blog Post Ad Blog Post Ad