महायज्ञमा बढ्दै दाता, एकैदिन ६ लाख बढी दान संकलन
दाङ,२६ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा एकैदिन ६ लाख बढी दान संकलन भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालन भएको महायज्ञको छैठौ दिन बुधवार ६ लाख २२ हजार सात सय ५२ रुपैयाँ आर्थिक संकलन भएको हो । योसँगै महायज्ञमा हालसम्म जम्मा १७ लाख ४१ हजार तीन सय दुई रुपैयाँ आर्थिक संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक हिरालाल न्यौपानेले जानकारी दिनुभएको छ ।
आर्थिक उपसमिति संयोजक न्यौपानेका अनुसार बुधवार महायज्ञमा सवैभन्दा धेरै घोराही–७ सौडियार निवासी विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले ५५ हजार पाँच सय ८५ रुपैया दान गर्नुभएको छ । त्यसैगरी घोराही–७ सौडियारकै अमरबहादुर बुढामगरको घर परिवारबाट ५५ हजार ५ सय ५५ रुपैयाँ, जीवराज आचार्यबाट २५ हजार एक सय ५५ रुपैयाँ, घोराही–७ सौडियार निवासी खड्गबहादुर चौधरीबाट २५ हजार २५ रुपैया, घोराही–७ मा रहेको राजपुर टोल विकास सस्थाबाट २२ हजार तीन सय ७५ रुपैया, माध्यामिक विद्यालय सौडियारका प्रधानाध्यापक नन्दबहादुर वलीबाट २१ हजार नौ सय ९९ रुपैया, घोराही–७ बेसाही निवासी जनक शाहबाट २१ हजार पाँच सय ५५ रुपैयाँ, विद्यालयका शिक्षक हिरालाल न्यौपानेबाट १५ हजार पाँच सय ५५ रुपैयाँ र घोराही उपमहानगरपालिका–५ डाँगीगाउँ निवासी दिपक नेपालीबाट १५ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ ।
त्यसैगरी महायज्ञमा बुधवार ५० मुरी धान संकलन भएको छ । आर्थिक उपसमिति संयोजक न्यौपानेका अनुसार बुधबार संकलन भएको ५० मुरी धानसँगै हालसम्म महायज्ञमा स्थानीय नागरिकबाट तीन सय नौ मुरीधान धान दान गर्नुभएको छ । महायज्ञमा बुधवार उल्लेख्य भक्तजन तथा दाताहरुको सहभागीता रहेको थियो । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा दान गर्ने दातासँगै कथा श्रवण तथा नाचगान गर्नेदेखि भक्तजनको उल्लेख्य सहभागीता रहेको महायज्ञ दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभएको छ ।
विद्यालयमा सभाहललगायत शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालित महायज्ञमा दिनप्रतिदिन उत्साहजनक सहभागीता बढ्दै गएको महायज्ञ अनुगमन समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्काले बताउनुभएको छ । संयोजक खड्का अनुसार महायज्ञमा बुधवार उल्लेख्य मात्रमा दाता तथा भक्तजनको सहभागीता रहेको थियो । महायज्ञमा सहभागी दाताहरु कथा श्रवणसँगै भजनकृतनमा नाच्दै रमाइलो गर्नुभएको थियो ।
शैक्षिक विकासका लागि सवैको सहयोग आवश्यक : मन्त्री न्यौपाने
यसैविच लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने शैक्षिक विकासका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । महायज्ञमा प्रमुख अतिथि रुपमा सहभागी हुनुभएका न्यौपानेले माध्यामिक विद्यालय सौडियारको शैक्षिक तथा भौतिक सुधारका लागि सञ्चालित महायज्ञले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
महायज्ञले धर्म, संस्कृतिको संरक्षणसँगै सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने गरेको भन्दै समुदायस्तरबाट शैक्षिक गुणस्तर सुधारका लागि भएको पहलमा ठुलो सहयोग गर्ने बताउनुभयो । साथै मन्त्री न्यौपानेले आफु यसै क्षेत्रबाट निर्वाचित संसद भएको भन्दै विद्यालयको भौतिक सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । महायज्ञमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिआइजी कुवेर कडायतलगायतका अतिथिहरु बुधवार माध्यामिक विद्यालय सौडियारमा लागेको महायज्ञस्थल पुगेर दान गनुृभएको थियो । महायज्ञमा बोल्दै डिआइजी कडायतले बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई सुविधा सम्पन्न बनाउनका लागि सवैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।
यसक्षेत्रको पुरानो विद्यालयका रुपमा रहेको माध्यामिक विद्यालय सौडियारको भौतिक तथा शैक्षिक विकासका लागि विद्यालयले महायज्ञ लगाएर थालेको शुभकार्यको प्रशंसा गर्दै डिआइजी कडायातले विद्यालयले थालेको अभियानमा सवैको सहयोग आवश्यक रहेको बताउनुभएको हो । महायज्ञमा विहान नियमित पूजासँगै दिउँसो भागवत कथा श्रवणका लागि भक्तजन तथा दाताको सहभागीता अन्य दिनको तुलनामा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले बताउनुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि महायज्ञमा धान दानलगायत महायज्ञ सञ्चालनका लागि आवश्यक पर्ने चामल, तरकारीलगायतका खाद्यन्न समेत नागरिकस्तरबाट सहयोग संकलन भइरहेको बताउनुभयो ।
मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहनुभएको छ । महायज्ञमा विहान नियमित पुजासँगै दिउँसो ११ बजेदेखि चार बजेसम्म भागवत कथावान, साढे चार बजे आरती र साँझ सात बजेदेखि नौ बजेसम्म कथा बाचनसँगै भजन कृतन हुने गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।