Ad Area

जवरजस्ती करणी मुद्धामा एक जना कारागार चलान


दाङ, १६ मंसिर ।
रुकुम पश्चिममा जवरजस्ती करणी मुद्धामा एक जना कारागार चलान भएका छन् । आठबिसकोट नगरपालिका ४ का २९ वर्षीय शंकर बहादुर नेपालीलाई जिल्ला अदालत रुकुमले जवरजस्ती करणी मुद्धामा कारागार चलान गर्न आदेश दिएको हो ।

प्रहरीका अनुसार नेपालीले ०७७ साल बैशाख ४ गते रुकम पश्चिमकै एक २६ वर्षीया युवतीलाई राती घरमै सुतिरहेको समयमा जवजस्ती करणी गरेका थिए । उनी सोही समयदेखि फरार रहेकोमा हिजो बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेर अदालतमा बुझाएकोमा हिजो नै थुनामा राख्न आदेश दिएको हो ।

Blog Post Ad Blog Post Ad