कचिली ‘ए’ जित्यो अध्यक्ष कप फुटबलको उपाधि
लक्ष्मण बस्नेत
तुलसीपुर, ९ पुस । तुलसीपुर उपमहानगरपालिका–१२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कचिली फुटबल टिम ‘ए’ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका–१२ को आयोजनामा संचालित प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा कपडादेवी फुटबल टिमलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली ‘ए’ ले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद नगद ५५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो । फाईनलमा सम्माजनक हार ब्यहोरेको कपडादेवी उपबिजेतामा सिमित रहँदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगिताको तृतीय स्थान हासिल गरेको टरिगाँउ फुटबल टिमले नगद १५ हजार,कप,मेडल,प्रमाणपत्रमा हात पा¥यो ।
५ दिनसम्म संचालित प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृष्ट खेलाडी कचिली ‘ए’ का मनराज बुढामगर, सर्वाधिक गोलकर्ता कचिली ‘ए’ का सुवास बुढामगर र उत्कृष्ट गोल रक्षक कचिली ‘ए’ कै नारायण बुढाथोकी भए । उत्कृष्ट तिनै जनालाई ट्रफी प्रदान गरिएको थियो ।प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोह तुलसीपुर उपमहानगरपालिका–१२ का अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको उज्जवल बस्नेतले जानकारी दिएका छन् ।
कार्यक्रममा उपप्रमुख चौधरी,जसपुर प्रहरी चौकीका इन्चार्ज भरतनाथ योगी,समाजसेवी केदार आचार्य, प्रतियोगिताका संयोजक तथा वडा सदस्य शेषमणि भण्डारी, भलिबलका पूर्व खेलाडी टङक केसी,भरत आचार्यलगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन वडा सचिव गणेश कुमार आचार्यले गरेका थिए ।