Ad Area

भारतमा देखिएको ओमिक्रोन नेपाल भित्रिएला ? के भन्छन् विज्ञ


काठमाडौं,१७ मंसिर । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा जोखिम बढेको छ । यसअघि नेपालमा बेलायतबाट आएका नागरिकहरूले पहिलोपटक नयाँ भेरियन्टको रूपमा अल्फा भेरियन्ट भित्र्याएको भएपनि नेपालमा सबैभन्दा बढी भारतको भेरियन्टले असर गरेको थियो ।

नेपालमा कोभिड–१९ का दुईवटा लहरमा डेल्टा भेरियन्टले सबैभन्दा बढी संक्रमण फैलाएको थियो । जुन भारतबाट भित्रिएको थियो ।

नेपालमा आउला ओमिक्रोन ?

कोभिड–१९ का दुईवटा लहरको अवस्थालाई हेर्दा नेपालमा स्रंक्रमणदर भारतकै दरअनुसार देखिएको थियो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप सुवेदी भारतमा ४२ प्रतिशतसम्म टेस्ट पोजेटिभिटी दर हुँदा नेपालमा ३५ प्रतिशत पुगेको थियो । भारतमा ओमिक्रोन संक्रमण फैलिएमा नेपालमा पनि केही दिनमा भित्रिनसक्ने सम्भावना रहने बताउँछन् ।

ूभारतमा ओमिक्रोनको संक्रमण फैलिएमा नेपालमा आउने निश्चित छ । यदि अहिले दक्षिण अफ्रिकाकै दरमा फैलिने हो भने नेपालमा पहिलेको भन्दा ठुलो लहर नआउला भन्न सकिन्न । तर, यो कति घातक छ भन्ने अनुसन्धानकै विषय भएकाले अहिले नै कति असर गर्छ भन्न चाहीँ सकिँदैन,ू डा। सुवेदीले भने ।

को बढी जोखिममा ?

Blog Post Ad

कोभिड–१९ विरुद्धको खोप नलगाएका वर्ग सधैँ संक्रमणको जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । ओमिक्रोनले दक्षिण अफ्रिकामा भने युवा वर्गमा धेरै संक्रमण फैलाएको तथ्याङ्क छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुन नेपालको हकमा दीर्घरोगी नै ओमिक्रोनको पहिलो जोखिम वर्ग भएको बताउँछन् ।

ूसंक्रामक भएपनि भेरियन्ट कति घातक छ भन्ने कुराले जोखिम निर्धारण गर्छ । जुन ओमिक्रोनको हकमा अनुसन्धानकै विषय छ । तर, यति भन्न सकिन्छ जोखिमका हिसाबले खोप नलगाउने र दीर्घरोगी कोभिड–१९ का जुनसुकै भेरियन्टको जोखिममा सधैँ हुन्छन्,ू उनले भने ।

डा। सुवेदी पनि संक्रमण जुनसुकै उमेर समूहमा भएपनि सिकिस्त हुने हकमा दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू नै पर्ने धारणा राख्छन् ।

ओमिक्रोन भित्रिन नदिन सरकारको तयारी के छ ?
दक्षिण अफ्रिका लगायत विभिन्न देशहरूमा ओम्रिकोन भेरियन्ट देखिएसँगै नेपालले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल आउन बन्द गरिसकेको छ । ती देशबाट अत्यावश्यक कामका लागि आउने कुटनीतिक तथा सरकारी कर्मचारलिाई पनि १४ दिन अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको छ । त्यस्तै ती देशहरूबाट आउने नेपाली नागरिकका लागि पनि होटेल क्वारेन्टिनको व्यवस्था सरकाले गरेको छ ।

तर, डिसेम्बर १ सम्म ओमिक्रोन २२ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा पाँचवटा एसियाली राष्ट्रहरू समेत छन् । बिहीबार भारतमा ओमिक्रोन पुष्टि भएसँगै यो संख्या ६ पुगेको छ ।

यी सबै देशहरूबाट आउने व्यक्तिहरूको हकमा के हुने भन्ने सरकारले हालसम्म निर्णय लिन सकेको छैन । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान नेपाली नागरिकलाई पटकपटक आग्रह गरिरहेको छ ।

ओमिक्रोन नेपालमा पत्ता लगाउन सकिन्छ ?
नेपालमा कोभिड–१९ का दुईवटा लहरमा नयाँ भेरियन्ट पत्ता लगाउन संक्रमितका नमुना विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाउनुपरेको थियो । तर, पछिल्लो दुई महिनायता नेपालमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नयाँ भेरियन्टको पहिचान गर्दै आएको छ ।

पछिल्लो समय डेल्टापछि कुनैपनि नयाँ भेरियन्ट नेपालमा नदेखिएको प्रयोगशालाकी निर्देशक डा। रुणा झा बताउँछिन् । नयाँ भेरियन्ट पत्ता लगाउन पीसीआर पोजेटिभमा एस जिन नेगेटिभ आएका नमुनाहरूको जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको र ओमिक्रोन नेपाल भित्रिए पनि नेपालमा नै परीक्षण र पहिचान गरिने डा। झा को दाबी छ ।

जनुसुकै भेरियन्टको रक्षक जनस्वास्थ्यका मापदण्ड र खोप
कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा कोभिड संक्रमण भएपनि सिकिस्त हुने र मृत्यु हुने सम्वना निकै कम भएको तथ्य विभिन्न अध्ययनहरूले देखाइसकेका छन् । जनस्वास्थ्य अनुसन्धानकर्ता डा। समीरमणी दिक्षित ओमिक्रोनबारे पर्याप्त अनुसन्धान भइनसकेको भएपनि यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड कडाइँका साथ पालना गर्नु र खोप लगाउनु नै यसबाट जोगिने उपाय भएको बताउँछन् ।

ूसबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्‍यो । सरकारले बढीभन्दा बढी खोप वितरण गर्नुपर्‍यो जनुसुकै भेरियन्ट आएपनि त्यसबाट जोगिने उपाय यीनै हुन्,ू उनले भने । जोखिम वर्गमा परेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई बुस्टर डोज पनि दिएर जोगाउन सकिने डा। दिक्षितको धारणा छ ।

यसअघिका अनुभवलाई हेर्दा भारतमा देखिएको केही समयपछि नै नेपालमा संक्रमण भित्रिने गरेको देखिएकाले सरकारले खोप कार्यक्रमलाई अझै तीव्र बनाउनुपर्नेमा उनको जोड छ । इन्डियन एक्प्रेसकाअनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ ।

६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा अहिले भेरोसेल र एस्ट्राजेनेका खोप कार्यक्रम जारी छ भने १८ वर्षमुनिका किशोर किशोरीलाई मोर्डना खोप दिने सरकारको तयारी छ ।

नेपालमा मंसिर १६ गतेसम्म नेपालमा ८५ लाख ५९ हजार २४२ जनाले दुई डोज र १ करोड १ लाख २७ हजार ४०७ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ ।

 

Blog Post Ad Blog Post Ad