Ad Area

सञ्चारकर्मी विश्वकर्मालाई सहयोग गर्न आग्रह


दाङ, १७ मंसिर । मृगौला पीडित सञ्चारकर्मी रामसिंह विश्वकर्मालाई उपचारमा सहयोग गर्न सबैमा आग्रह गरिएको छ । विश्वकर्माको परिवारले पीडित विश्वकर्माको उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गरेको हो ।

घरको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको लागि सबैमा आग्रह गरिएको घरपरिवारले जनाएको छ । रुन्टिगढी गाउँपालिका ५ रोल्पा घर भई हाल स्वर्गद्वारी एफएम घोराही दाङमा रेडियो कार्यक्रम प्रस्तोताको रूपमा काम गर्दै आएका सञ्चारकर्मी तथा कलाकार विश्वकर्माको दुवै मृगौलाले काम नगर्ने र हाल भक्तपुर मृगौला प्रत्यारोपण अस्पताल काठमाडौंमा उपचार भइराखेको छ ।

सबैले सहयोग गरेर उनको जीवन बचाइदिन समेत जनले आग्रह गरेका छन् । सहयोग गर्न चाहने सहयोगी दाताहरूले उनको मोवाइल नम्बर ९४७०७१११ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न स्थानमा सहयोग रकम उठ्ने क्रम सुरु भएको समेत परिवारले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad