कोषमा आवद्धले प्रतिष्ठानबाट विशेषज्ञसहितको उपचार पाउने

दाङ,२२ पुस । दाङवाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक .श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता गरिएको बताएका छन् ।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानवाट उपलब्ध हुनेछ । सोमवार काठमाण्डौमा एक कार्यक्रमका विच प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीविच सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार प्रतिष्ठानवाट प्राप्त गर्नेगरी सम्झौता गरिएको हो ।
दाङवाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजार बढि ब्यक्ति आवद्ध रहेका छन् । कोषमा आवद्ध ब्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशैभरीको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । कोषमा वैदेशिक रोजगारमा गएका ब्यक्तिहरु, विभिन्न बैक तथा कम्पनिका सुरक्षा गार्ड कम्पनीमा आवद्ध सुरक्षा गार्डहरु, कर्मचारीहरु आवद्ध रहदै आएका छन् ।
यसअघि घोराहीको मितेरी हस्पिटलवाट उपचार हुँदै आएकोमा अव विशेषज्ञ सेवासहित सेवा प्रतिष्ठानवाट कोषमा आवद्ध भएका ब्यक्तिहरुको उपचार हुनेछ । कोषमा आवद्ध विरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुने छ ।