अपाङ्गता भएका व्यक्तिको अधिकार
विवेक खड्का
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । यसलाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस भनिन थालिएको छ । यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘हाम्रो प्राथमिक्ताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने छ ।
हामी प्रत्येक व्यक्ति फरक छौँ, एकअर्काबाट र हाम्रा विशिष्टता र क्षमता पनि फरक छन् । अपाङ्गता भएका व्यक्तिका गाह्रा, अप्ठेरा पाटा त कति छन् कति । अपाङ्गताभित्र पनि विविधता छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आजको समाजले हेर्ने दृष्टि र गर्ने व्यवहार, सम्बन्धित निकायको संवेदनशीलता, उनीहरुका हकअधिकार आदि-आदि ।
सहरमा बनेका पछिल्ला भौतिक संरचना र बढ्दै गरेको इन्टरनेटको प्रयोग देख्दा लाग्छ, देशले विकास र प्रविधिमा छलाङ मारिसक्यो । तर, भित्रि कुरा बुझ्दै जाँदा यतिविघ्न विकासप्रेमी र प्रविधिमैत्री देखिने हामी भित्रको सोच र दृष्टिकोणमा भने खासै परिवर्तन आएको पाइँदैन । अपाङ्गता भएका छोराछोरीहरु सामान्य अवस्थाकाभन्दा धेरै कुराबाट कटौतीमा पर्दै जान्छन् । एक हिसाबले उनीहरुको अस्तित्वलाई नै बेवास्ता गरिन्छ ।
अपाङ्गता भएका छोराछोरीको शिक्षा, स्वास्थ्य, खानपान, इच्छा, चाहनालगायत धेरै कुरामा कतिपय अभिभावक चिसो व्यवहार देखाउन पछि पर्दैनन् । नलेखिएका, नभनिएका त्यस्ता अनेकन् कथाहरु, पीडाहरु छन्, जो अपाङ्गता भएका व्यक्तिले दैनिक झेलिरहेका छन् । के हामीलाई साच्चिकै बदल्नुपर्ने कुरा चाहिँ के हो र किन हो भन्ने थाहा छ त ? अनि अर्को त्यो भन्दा पनि महत्वपूर्ण प्रश्न, के हामी समाज बदल्न मन बचन र कर्मले नै साँच्चिकै तयार छौँ त ?
समावेशीकरण परिवार, मूलधारका कार्यक्रमहरुमा, राज्यले बनाउने नीतिहरुमा, संस्थाहरुले वनाउने योजनामा, राजनीति, विकासका नीतिहरुमा हुन्छ, अहि हो हाम्रो अधिकारको विषय ।
विश्व अपाङ्ग दिवसको ऐतिहासिक पृष्ठभूमि :
विश्व अपाङ्गता दिवसलाई संयुक्त राष्ट्र संघले प्रवर्धन गरेको हो । राष्ट्र संघको साधारण सभाले सन १९८१ लाई अन्तर्राष्ट्रिय अपाङ्ग वर्षको रुपमा घोषणा ग¥यो र सन १९८२ मा अपाङ्गता सम्बन्धि विश्व कार्ययोजना पारित गरिसकेपछि सदस्य राष्ट्रहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको अवसर समानीकरणका लागि काम गर्न उत्प्रेरित गर्ने उद्देश्यले सन १९८३ देखि १९९२ को अवधिलाई विश्व अपाङ्गता दशकको रुपमा समेत घोषणा गरियो ।
उक्त विश्व अपाङ्ग दशकको अन्त्यमा अर्थात सन १९९२ मा पुनः राष्ट्र संघद्धारा डिसेम्बर ३ लाई विश्वभर अपाङ्गता दिवसको रुपमा मनाउने घोषणा गरियो । सन १९९२ देखि यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु साथ मनाउने गरिन्छ । नेपालमा पनि वि.स. २०५३ सालदेखि हरेक वर्ष अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस निरन्तर रुपमा मनाइन्छ ।
दिवसको महत्व औचित्य :
यस दिवस मनाउनुको महत्व निकै ठूलो रहेको छ । यस दिवसमा सरकार, समाज तथा सबै क्षेत्रबाट विगतका दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका क्षेत्रमा के÷के उपलब्धिहरु भए भन्ने वारेमा समिक्षा हुनुका साथै भविश्यमा गर्ने कामहरुको बारेमा प्रतिवद्धताहरु गर्ने गरिन्छ । यस बाहेक यस दिवसले आम जनसमुदाय स्तरमा अपाङ्गताको सबालमा जनचेतना अभिवृद्धि गराउने काम गर्छ ।
यस दिवसको सन्दर्भ पारेर अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका विभिन्न सबालहरुमा बौद्धिक बहसहरु हुने गर्छ र नयाँ निष्कर्षहरु निकाल्ने गरिन्छ । डिसेम्वर ३ का दिन संयुक्त राष्ट्र संघका महासचिव लगायत संसारभरी नै हरेक देशका राष्ट्र प्रमुख वा कार्यकारी प्रमुखहरुले शुभकामना मन्तव्य सहित प्रतिवद्धताहरु व्यक्त गर्छन जसलाई आम सञ्चार माध्यमहरु महत्वका साथ प्रशारण र प्रकाशन गर्ने गर्छन । यसलाई अपाङ्गताको वृत्तमा निकै महत्वका साथ हरेन्छ । अपाङ्गता भएका व्यक्तिहरुको लागि यो एउटा उत्सब हो । जसका कारणले पनि यसको महत्व निकै ठुलो रहेको छ ।
अपाङ्गता अधिकारका लागि सञ्चारको भुमिका :
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सञ्चार माध्यायमवाट अझै सशक्त रुपमा आवाज उठ्न सकिरहेको छैन । अपाङ्गता भएका व्यक्तिहरुले गरेका र गर्न खोजेका सकारात्मक कामहरु ओझेलमा परेका छन । शारीरिक कमजोरीकै कारण परिवार, समाज र राज्यवाटै उपेक्षीत हुने वातावरणवाट अलग्याउन आम सञ्चारले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।
सँगसँगै अपाङ्गता भएका व्यक्तिहरुमा भएको हिनतावोध र आत्मगलानीवाट अलग गराई आत्मविश्वासका साथ अवसरको खोजी गर्न प्रेरित गर्न आवश्यक छ । सञ्चारले उनीहरुलाई अधिकारको वारेमा दिक्षीत गर्न, प्रतिस्पर्धी बनाउन, आनीबानीमा परिवर्तन गर्न सहयोगीको भूमिका खेल्न सक्छ । यसकारण अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्नका लागि सञ्चारले आफ्नो भूमिकालाई व्यापक बनाउनु पर्छ ।
अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि विद्युतीय सञ्चार माध्यामले साप्ताहिक रुपमा दैनिक पत्रिकाहरुले हप्तामा एक दिन र साप्ताहिक पत्रिकाहरुले महिनामा एक अंकमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण्का विषयहरु प्रशारण-प्रकाशन गर्नेे ।
शब्द गठनमा शुद्धता ल्याउन छलफल चलाउने ।
अपाङ्गता अधिकारको बारेमा सचेतना जागरणसम्बन्धी काम गर्ने । (विज्ञापन, पोस्टरिङ, होर्डिङबोर्ड)
अधिकार प्राप्त गर्न वा सेवासुविधा प्राप्त गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुको लागि सेवा सुविधा लिनका लागि तोकिएको सम्बन्धित निकायमा समन्वयका लागि पहल गर्नेे ।
आफ्नो अधिकार प्राप्त गर्न नसकेका अपाङ्गता भएका व्यक्तिहरुलाई सबै नागरिकसँग प्रतिस्पर्धी बन्न सहयोग पुर्याइ सम्बन्धित निकायमा अधिकार दिलाउन पहल गरिदिने ।
अपाङ्गता भएका व्यक्तिहरुले अधिकार नपाएमा अधिकार दिलाउन वकालतमा समेत सहयोग पुर्याउने ।
अपाङ्गता अधिकारका लागि सरकार र नागरीकको भूमिका :
अपाङ्गता भएका व्यक्तिहरुमा अवसरको समानिकरण छैन । किन भने हरेक किसिमका अवसरहरुमा दौडन सक्ने र दौडन नसक्नेहरुलाई पनि एउटै रेसेङ ट्रयाकभित्र ल्याएर सिट्टी फुक्ने काम राल्यले गरिरहेको छ, त्यही कुराबाट सुरु हुन्छ विभेद ।
शिक्षाका लागि उनीहरुले विशेष आवश्यकताका सामन्य पुनःस्थापनका सेवाहरु नपाउँदा उनीहरु विद्यालय जान नसक्ने, शिक्षा पाउन नसक्ने अवस्था छ । उनीहरुलाई आवश्यक पर्ने पाठ्य सामग्री तथा पाठ्यक्रमको विकास नगरिदीने, उनीहरुलाई आवश्यक पर्ने जनशक्तिहरु तयार नगरिदने गर्दा उनीहरुको पहिलो अवसरदेखि नै बाधा सिजएना गरिन्छ । त्यसपछि क्रमशः आउने रोजगारीका कुरा, सामाजिक जीवनमा आउने सहभागिताका कुरा, त्यसपछि आउने राजनैतिक वा निर्णायक ठाउँमा पुग्ने कुरा, यी सबै कुराको सहभागिताको वञ्चितिकरण नै अपाङ्गता भएका व्यक्तिहरुको मुख्य चुनौतीको कुराहरु हो ।
त्यसपछि पहिचनाका कुरा अपाङ्गता भएका व्यक्तिहरुले के गर्न सक्छन् र ? यो त के हो र ? यसलाई त हामीले दया गर्नु पर्छ, उसलाई त हामीले खान र लाउन दिएकै छ, बाँचे त भयो भन्नेसम्मका धारणागत समस्या छन् । सँगसँगै अपाङ्गता भएका व्यक्तहरु अन्य नागरिक सरह अवसरमा समानीकरण नहुनु, त्यसमा व्यवधान हुनु, अन्य नागरिकसरह पहुँच नहुनु, सामाजिक, सांस्कृतक सहभागिता कम हुनु, पहिचानको समस्या हुनु, उनीहरुमाथि विश्वास नगरिनु, उनीहरुका सफलताहरु असल अभ्यासको रुपमा नलिइनु वा नभनिनु, अभिभावकहरुको अनावश्यक दबाब झेल्नु, उनीहरुलाई आवश्यकता हुने खालका सेवा र सुविधाहरु राज्यको तर्फबाट वा अन्य निजी अथवा गैरसरकारी क्षेत्रबाट त्यस्ता सेवा सुविधाहरु समयमा आवश्यक रुपमा उपलब्ध नहुनु मुख्य चुनौतीको रुपमा छन् ।
कुनै एक व्यक्तिमा अशक्तता भए पनि समाजका संरचनाहरु समावेशी, समाजको धारणा तथा व्यवहारहरु सकारात्मक र उत्प्रेरणात्मक तथा राज्यका नीति तथा कार्यक्रमहरु अपाङ्गतामैत्री भएमा अपाङ्गता भएका व्यक्तिहरु अरु सरह सम्मानजनक रुपमा जिउनसक्छ यसका लागि तपसिल वमोजिको कार्य तत्काल गर्न आवश्यक छ ।
अपाङ्गता हक हित र सशक्तिकरणका लागि वनेका कानुनहरु अपूर्ण छन् भने कार्यन्यन पक्ष कमजोर छ यसको लागि अन्तर्राष्ट्रिय कानुनको मापदण्ड अनुसार विद्यमान कानुनमा थप र परिमार्जन गर्नु पर्ने ।
अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जनका लागि विभिन्न परियोजना सञ्चालन गरी त्यसतर्फ उन्मुख गर्नुपर्ने ।
निश्चित कार्यक्रम बनाएर अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गर्नुपर्ने ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सबै दस्तावेजहरुबारे सरोकारवाला निकायलाई जानकारी गराउनु पर्ने ।
केन्द्र तथा जिल्ला स्थित सबै सरोकारवाला निकायलाई जिम्मेवार बनाउन पहलन गर्नुपर्ने ।
सबै सरकारी तथा गैरसरकारी निकायको भवन अपाङ्गतामैत्री बनाउनुपर्ने ।
अपाङ्गता भएका व्यक्तिहरुले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीमा नियम अनुसार सेवा प्रवाह गर्नुपर्ने ।
अपाङ्गता भएका व्यक्तिहरुले पाउने सामाजिक सुरक्षामा सबैको पहुँच गराउनु पर्ने ।
निष्कर्ष :
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको बारेमा विस्तृत र एकिन तथ्याड्ढ र सूचनाहरु उपलब्ध छैनन् । यो नै नेपालको सबैभन्दा डरलाग्दो र दुःखान्त कथा हो । हाल उपलब्ध तथ्याड्ढहरुलाई हेर्दा २०५८ सालको जनगणनाले दिएको प्रतिवेदनअनुसार कुल जनसंख्याको ०.४७ प्रतिशत थियो भने २०६८ सालको जनगणनाको तथ्याड्ढअनुसार १.९४ प्रतिशत देखिएको छ ।
दाङमा २.३३ प्रतिशत अर्थात् १२ हजार ८ सय ८१ (शारीरिक ४ हजार २ सय २९, दृष्टिसम्बन्धी २ हजार ५ सय १३, सुनाइसम्बन्धी २ हजार २ सय ३६, श्रवण दृष्टिसम्बन्धी ६ सय ९६, स्वरबोलाइ सबम्बन्धी १ हजार ३ सय २८, मानसिकसम्बन्धी ६ सय १ र वहु अपाङ्गता १ हजार २ सय ७८) देखिएको छ । तर विश्व स्वस्थ्य संगठन र विश्व बैंकले सन् २०११ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार विश्वको कूल जनसंख्याको १० देखि १५ प्रतिशत जनसंख्या अपाङ्गता भएका व्यक्ति रहेका र त्यसमा पनि अधिकांश (झण्डै ८० प्रतिशत) विकासोन्मुख र अल्पविकसित मुलुकहरुमा रहेको भनिएको छ । तथ्याड्ढमा आएका यस्ता विभेदीकरण अपाङ्गता क्षेत्रका लागि निकै दुःख लाग्दो पक्ष हुन् ।
अब अपाङ्गता भएका व्यक्तिहरुको नागरिक तथा राजनैतिक अधिकार प्रवर्द्धनका लागि अपाङ्गता भएका व्यक्तिहरु, सरकारी निकय र जागरुक समाजिक संस्था तथा व्यक्तिहरुको भूमिका सशक्त हुनुपर्छ । सामाजिक विकस र सुरक्षाको दायित्व सरकारको हो । समाजका हरेका वर्गको उत्थानमा सरकारले समान प्राथमिकता दिनुपर्छ । अपाङ्गतालाई कल्याणका दृष्टिले नभई अधिकरजन्य अवधारणाबाट हेरिनु पर्छ । त्यो अनुसार सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नसके मात्र यो समुदायको विकास हुन्छ ।
अपाङ्गता भएका व्यक्तिहरु पनि समाजका सक्रिय र अधिकार सम्पन्न व्यक्ति हुन भन्ने कुरालाई बिर्सनु हुँदैन । उनीहरुभित्रको सम्भावना र क्षमताको उपयोग गर्न सकेमा राष्ट्रिय विकास पनि मूलधारमा आउँछ । जनु समाजले विविधतालाई स्थान दिँदैन, बहुलवादलाई आदर गर्दैन, अनि भिन्नतालाई स्वीकार गर्दैन त्यो समाजमा सामाजिक न्याय पनि हुँदैन । त्यसैले सामाजिक न्यायलाई व्यवहारमा उतार्नका लागि पछाडि पारिएका वर्गको भावनाको कदर गर्ने खालका सकरात्मक धारणा र दृष्टिकोणहरुको विस्तार गरी सामाजिक रुपान्त्रण गर्नु पर्दछ ।