Ad Area

घोराहीमा जारी माघे मेला पाँच दिन थप


भ्युमान पुन मगर
‎घोराही, १० माघ । ‎घोराही उपमहानगरपालिका–१४ झिगौँरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला पाँच दिनलाई थप भएको छ ।

माघको ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भनिएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला अव माघको १६ गतेसम्म सञ्चालन हुने भएको हो ।

माघे मेलामा बढ्दो दर्शकको उपस्थीतिसँगै बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माणका लागि आर्थिक जुटाउनका लागि मेला थप गरिएको मेला आयोजक ‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिका अध्यक्ष तथा मेला मुल आयोजक समितिका अध्यक्ष देवबहादुर बुढामगरले जानकारी दिएका छन् ।

मेलामा विहीवार गायक राजु गुरुङ,रविन्द्र सुनार, तुलसा मगर, रुचा मगर, पार्वती चौधरीसँगै मोडेल आरुषी मगर, बालकलाकार सुरक्षा बाठामगरलगायतले साङ्गितिक प्रस्तुती राखेका थिए ।

मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न भेषभुषासँगै खानपिन र बाल उद्यानका स्टलहरु राखिएका छन् ।