Ad Area

दाङको टरिगाउँ एयरपोर्टको विस्तार हुन्छ : प्रचण्ड


शरद रेग्मी
दाङ, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुरमा रहको टरिगाँउ एयरपोर्टको स्तरबृद्धि गर्न आफुले पहल गर्ने बताउनु भएको छ ।

शुक्रबार बिहान तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाटका क्रममा पूर्व प्रधानमन्त्री दाहालले राजनीतिक खिचातानीका कारण लामो समयदेखि स्तरवृद्धि हुन नसकेको टरिगाउँ एयरपोर्टको विस्तारका लागि पहल गर्ने बताउनुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिकासका सन्दर्भमा अहिले राजनीतिक दलहरुको एजेण्डा मिल्दै गएको भान हुन थालेकाले २०११ सालमा स्थापना भएको एयरपोर्टको विकास र विस्तार अव कसैले रोकेर नरोकिने बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले संस्थागतरुपमा आफुहरुले पूर्व प्रधानमन्त्री प्रचण्डलाई छैठ्ठौ पटक ध्याणाकर्षण गराएको भन्दै तत्काल स्तरवृद्धिका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रधनमन्त्री प्रचण्डले शुक्रवार तुलसीपुरमा आयोजना हुने खबरदारी सभालाई सम्बोधन गर्न दाङ पुग्नुभएको छ । उहा दुई दिनसम्म दाङका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम तय भएको दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यले जानकारी दिनु भयो ।