Ad Area

ज्योतिपुञ्ज बोर्डिङको २४ औं बार्षिकोत्सव


निजी विद्यालयलाई बिकासको साझेदार मानेर अघी बढ्नुपर्छ :  सांसद खनाल
श्रीधर थापा
दाङ, १३ माघ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २४ ओैँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभासद एंव पूर्व स्वास्थ्यमन्त्रि राजु खनालको प्रमुख आतिथ्यता र प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खनालले निजी विद्यालयले गुणस्तरिय शिक्षा प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । निजी विद्यालयलाई राज्यले सुक्ष्म निगरानी गरी आवश्यक सुझाव दिनुपर्नेमा आलोचना मात्रै गर्ने काम भइरहेको भन्दै निजी विद्यालयलाई बिकासको साझेदार मानेर अघी बढ्नुपर्नेमा जोड दिनुभयो ।

निजी विद्यालयप्रति अभिभावकको विश्वास बढेर गएको भन्दै सांसद खनालले आलोचनाको साटो निजी विद्यालयबाट सामुदायिक विद्यालयले सिक्नुपर्ने थुप्रै चिज रहेको बताउनुभयो । पछिल्लो समय युवाहरु शिक्षा हासिल गर्नका लागि विदेशिनी क्रम बढेको भन्दै यसलाई रोक्न देशभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने ब्यवस्था भएको र देशभित्रै काम गर्न सकिने गरी थुप्रै अवसर रहेको देखाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयले समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्नेदेखि राज्यलाई करमा थुप्रै योगदान गरेको भएपनि त्यसलाई बिर्सेर आलोचना मात्रै गर्ने काम भइरहेको भन्दै गुनासो गर्नुभयो । राज्यले ल्याएका सिर्जनात्मक कार्यलाई निजी विद्यालयहरुले सदैव साथ दिएको भन्दै समाजले गरेको विश्वास जोगाएर निजी विद्यालय अघी बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ ब्यवस्थापनका साथ शुरु भएको सात बर्षेमै ज्योतिपुञ्जले अभिभाकको विश्वास आर्जन गर्न सफल भएको भन्दै आगामी दिनमा सफलताको शुभकामना दिएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङक अध्यक्ष सन्तोष सुवेदी, गोदावरी बोर्डिङ स्कूलका प्रिन्सिपल शेषमणि शर्मा लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी प्रस्तुत गर्नु भएको बार्षिक प्रगति प्रतिवेदनमा २०७३ सालमा नयाँ ब्यवस्थापनका साथ विद्यालय सञ्चालनमा आउँदा एक सय मात्रै विद्यार्थी रहेकोमा अहिले करिव एक हजार दुइ सय विद्यार्थीहरुले अध्ययन गरिरहेको जानकारी दिनुभयो । मल्टिमिडिमा आधारित पठनपाठनबाट शुरु गरेको आफ्ना यात्रालाई अभिभावक मोटिभेसन, विद्यार्थीको बारेमा अभिभावकसँग मासिक भेला, छुट्टै परीक्षा बोर्ड स्थापना गरेर मासिक तथा त्रैमासिक परीक्षा लगायत कार्यक्रम विद्यालयले गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा टिचर अफ द इयर मञ्जु शर्मा, स्टाप अफ द इयर रुकबहादुर रिजाल र गार्जेन अफ द इयर शुशील पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरु सरसफाइमा उत्कृष्ट बेनीस वली, अनुशासीत विद्यार्थीमा प्रतिष्ठा पौडेल, अंग्रेजी भाषा प्रवद्र्धनमा उत्कृष्ट मदन पोख्रेल, चालु शैक्षिक बर्षमा विद्यालय खुलेदेखि एक दिन पनि अनुपस्थित नुहनुे ३३ जना विद्यार्थीहरु र वर्ष उत्कृष्ट विद्यार्थी भिजन केसीलाई पुरस्कृत गरिएको थियो ।

स्कुल लेवल अनुसार पूर्व प्रावितर्फ उत्कृष्ट अंक ल्याउने आदेश डाँगी, १–४ मा विशाल पोख्रेल, ५–७ मा सुवोध खनाल, ९–१० मा अजरा मन्सुरी र एइइमा उत्कृष्ट अंक ल्याउने साज्बी ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशस्तरीय प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगितामा प्रथम हुने छात्रा,प्याब्सन लगायत रनिङ शिल्डका विजेता, अन्य खेलमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीले गीत, नृत्य, योग, नाटक, विज्ञान प्रदर्शनी, कला प्रदर्शनी गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधनाध्यापक तुलसीप्रसाद शर्माले गर्नुभएको थियो ।