Ad Area

चार बर्षपछि बहुउद्देश्यीय सभागृह निर्माण अन्तीम चरणमा


दाङ,५ असोज । घोराहीमा निर्माणधिन अवस्थामा रहेको बहुउद्देश्यीय सभा गृह अन्तीम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ को पुुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय सभागृहको करिव ९५ प्रतिशत निर्माणको काम सकिएको हो ।

२०७४ सालमा निर्माण कार्य शुरु गरिएको बहुउद्देश्यीय सभागृह दशैअघि काम सक्ने गरि अहिले काम भैरहेको छ । दुई बर्षअघि निर्माण सक्ने गरि सुरुमा सम्झौता भएपनि विविध कारण निर्माणमा ढिलाई भएको पश्चिम नेपालकै ठुलो र आकर्षक बहुउद्देश्य सभागृह चार वर्षपछि निर्माणको अन्तीम तयारीमा रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशकै नमूना सभागृह बनाउने गरी दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा संघीय र प्रदेश सरकारको २६ करोड ७७ लाख र उवासंघको तीन करोड २३ गरी करीब ३० करोड लगानी बहुउद्देश्य सभागृहमा हालसम्म खर्च भएको छ । गतवर्षको असार मसान्तमै सभागृहको काम सम्पन्न भइसक्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण सभागृह निर्माणको काम हुन नसकेपछि दोश्रो पटक म्यादथप गरिएपछि अहिले निर्माणले पूर्णता पाउन थालेको अध्यक्ष बुढाथोकीले बताए ।

उनका अनुसार कोरोना संक्रमणको प्रभाव निर्माणमा परेको भन्दै निर्माण व्यवसायीले दुई बर्ष काममा ढिलाई गर्दा निर्माणमा ढिलाई भएको थियो । ‘सम्झौता अनुसार गतवर्ष नै निर्माण भइसक्नुपर्ने थियो’, उद्योग बाणिज्य संघका अध्यक्ष बुढाथोकीले भने,‘कोरोना भाइरसको असर निर्माणमा परेको हुँदा तोकिएको मितिमा निर्माणको काम सम्पन्न हुन सकेन । तर अहिले अन्तीम चरणमा पुगेको छ ।’ उनका अनुसार अहिले सभागृहको हलमा कुर्सी मिलाउने, बाहिर टायल बिच्छाउने,विद्युत जडानलगायतका बाँकी कामहरु सम्पन्न गर्ने गरि भैरहेको बताए ।

२०७४ असोजदेखि निर्माण शुरु भएको बहुुउद्देश्यीय सभागृह २०७६ पुुस मसान्तभित्र सम्पन्न भइसक्नुुपर्ने थियो । सभागृह निर्माणको काम तोकिएको मितिमा पनि सम्पन्न नहुने भएपछि छ महिना म्याद थप गरी २०७७ असार मसान्तसम्म पु¥याइयो तर म्याद थपिएको दुुई महिनामै देशमा कोरोना महामारी फैलिएपछि सभागृहको निर्माणको काम प्रभावित बनेको थियो । लकडाउनका कारण निर्माण ठप्प भएपछि तोकिएकै मितिमा सम्पन्न हुन नसकेको गौरी शंकर पार्वती कन्सट्रक्सन प्रालीले जनाएको छ ।

उवासंघका अध्यक्ष बुढाथोकीका अनुसार अहिलेसम्म सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘सभागृहको करिव ९५ प्रतिशतभन्दा बढी काम निर्माण भैरहेको छ’, उनले भने,‘अहिले बाँकी रहेका सिट जडान, टायल विछ्याउने , रंगरोगनलगायतका बाँकी कामहरु भैरहेको छन् ।’ सभागृह निर्माणको काम असोजभित्रै सम्पन्न गरिसक्ने गरी काम भैरहेको अध्यक्ष बुढाथोकीले बताए । ‘अहिले निर्माणको काम भैरहेको छ । यो हिसावले असोजभित्र सवै काम तयार भएर सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ’,अध्यक्ष बुढाथोकीले भने,‘निर्माणको काम अन्तिम चरणमा भएकाले छाडै काम सकिनेछ ।’

उनले निर्माणको काम असोज महिनाभन्दा ढिलाई नहुने बताए । सभागृह निर्माण भएसँगै दाङमा राष्ट्रियस्तरका ठुला गोष्ठी तथा भेलाहरु गर्न सहज हुने अपेक्षा गरिउको छ । १९ का १७ धुुर जग्गामा निर्माणाधिन अवस्थामा रहेको सभागृहमा आठ सय भिआइपी सिट र दुुई सय सामान्य सिट गरी एक हजार सिट क्षमता रहेको उद्योग बाणिज्य संघले जनाएको छ ।