कुलतबाट बचाउन बालबालिकालाई लागुऔषध सचेतना शिक्षा प्रदान

घोराही, १७ असार । समाज कल्याण केन्द्र नेपालले विद्यालय स्तरमा लागु औषध दुव्र्यसन विरुद्धको शिक्षा अभियान अन्तरगत घोराही १७ हरिद्वारस्थित गोरक्ष रत्ननाथ माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई सचेतना प्रदान गरेको छ ।
केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यको प्रमुुख आतिथ्यमा मंललबार एक कार्यक्रम गरी विद्यार्थी र अभिभावकहरुलाई लागु औषध दुव्र्यसन विरुद्धको शिक्षा प्रदान गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्यले घर परिवारबाट असल नागरिक उत्पादनका लागि सचेतना अभियानले सघाउने बताउनुभयो । उहाँले समाज कल्याण केन्द्रले बालबालिकाहरुलाई कुलतबाट जोगाउन गरिरहेको प्रयास सराहनीय रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षकका रुपमा नार्काेनन् नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त पुन रहनु भएको थियो । उहाँले लागु औषध, यसले पार्ने असर, जोखिम तथा अपनाउनुपर्ने सावधानी लगायत विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका ईन्चार्ज प्रकाश श्रीबन्दले बालबालिकाको भविष्य बनाउन सबैले साथ दिनुपर्ने बताउनुभयो । विद्यालय उमेर समुहका बालबालिका अहिले कुलतमा फस्दा दुव्र्यसनको सिकार भईरहेकाले लागु औषध सेवनकर्ता पहिचान गर्न विद्यालयलाई नार्काेनन् नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त पुनले टेस्ट किट पनि हस्तान्तरण गर्नुभएको छ ।
समाज कल्याण केन्द्रकी उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गर्नुभएको थियो ।
केन्द्रले खुत्रु्के वचत अभियान अन्तरगत विपन्न, असहाय तथा जेहेन्दहार बालबालिकाहरुलाई दिँदै आएको निशुल्क शिक्षा अन्तरगत सो विद्यालयमा अध्ययनरत विपिन खत्री, अरुणा चौधरी र सरला बिकलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको छ ।